कहाँ पाइन्छ विश्वकै दुर्लभ मानिने कालो स्याउ ? 

एजेन्सी प्रकाशित मिति : २०७५ पौष १३ शुक्रबार
तस्वीर-एजेन्सी

काठमाडौं । अंगुर हरियो पनि हुन्छ र कालो पनि हुन्छ । तर कहिल्यै तपाइँले कालो स्याउ देख्नुभएको छ ? हामी सबैले रातो स्याउ त खाएका छाैं तर कालो स्याउको बारे धेरैलाई थाहा नहुन पनि सक्छ । 

वास्तवमा कालो स्याउ पूरै कालो नभई गाढा बैजनी रङको हुन्छ । पहिलोपटक हेर्ने मानिसले भने यसलाई कालो नै देख्छन् । यस किसिमको स्याउ निकै दुर्लभ हुन्छ र निकै कम मात्र पाइन्छ । यसलाई ब्ल्याक डाइमण्ड भनिन्छ । भुटानको पहाडमा पाइने यो फललाई स्थानीय भाषामा हुआ नियु’ भनिन्छ । चिनियाँ कम्पनी दडोंग टिआलुओले शेङनेङ ई–कमर्स ट्रेडले ५० हेक्टरको जमिनमा यसको खेती गर्दै आएको छ ।

यो फल किलो नभई प्रतिगोटाको हिसाबमा बिक्री हुन्छ, जसको मूल्य ५० युआन रहेको छ । यो स्याउको रङ कालो हुनुको पछाडि भुटानको यो क्षेत्रको भौगोलिक स्थिति रहेको छ । यो स्याउ कालो हुनुको प्रमुख कारण दिन र रातको बीचमा हुने गरेको तापमानको अन्तर रहेको छ । तीव्र सूर्यको प्रकाश र पराबंजनी प्रकाश स्याउको रङ गाढा रातोबाट बैजनी रङमा परिवर्तन गरिदिन्छ । 

यस किसिमको स्याउको उत्पादन निकै सीमित हुने गरेको छ । सामान्यतः स्याउको बोट ठुलो हुन ४ देखि ५ वर्ष लाग्ने गर्छ तर कालो स्याउको रुख ठुलो हुन ८ वर्षको समय लाग्छ । निकै कम मात्र उत्पादन हुने भएकोले यसको निर्यात निकै कम मात्र हुने गरेको छ । जसको कारण धेरै मानिसहरुलाई कालो स्याउको बारेमा थाहा हुँदैन । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ