arrow

देउवा समूहको उम्मेद्वारी घोषणा : प्रस्तावक कुलबहादुर गुरुङ, समर्थक खुमबहादुर खड्का

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
deuba-patrakar-sammelan.JPG.jpeg
काठमाडौं । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले १३ औं महाधिवेशनका लागि समूहसहित उम्मेद्वारी घोषणा गरेका छन् । देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् । देउवा समूहको उम्मेद्वारी घोषणाको प्रस्ताव गर्दै कांग्रेस नेता कुलबहादुर गुरुङले आफुले २००७ सालमा नेपाली कांग्रेसको झण्डा उचालेको बताए । 
 
गुरुङले भने, ‘अब पनि कांग्रेस एक नभए मुलुक दुर्घटनामा पर्ने छ, नेपाली कांग्रेस अब कुनै प्रजातान्त्रिक र संस्थापन हुने छैन ।’ अब प्रजातान्त्रिक र संस्थापन रहने छैन । पार्टी एकताको लागि यो समूहलाई जिताउन आएको भन्दै गुरुङले सभापतिमा शेरबहादुर देउवा, महामन्त्री अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको नाम प्रस्ताव गरे । 
 
गुरुङले राखको पस्तावमा समर्थन जनाउँदै कांग्रेस नेता खुमबहादुर खड्काले मुलुक अन्यायपूर्ण मोडमा रहेको भन्दै त्यसलाई निकास दिन शेरबहादुर देउवालाई अघि सारेको बताए । पत्रकार सम्मेलनमा संस्थापन पक्षका कुलबहादुर गुरुङ, केशव कुमार बुढाथोकी, लक्ष्मण घिमिरेलगायत नेताहरु पुगे । यस्तै, विमलेन्द्र नीधी, पूर्णबहादुर खड्का, गोविन्द राज जोशी लगायत नेताहरु पत्रकार सम्मेलनमा उपस्थित रहे । पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको रहयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ