arrow

न्युजिल्याण्डका पुर्व क्रिकेट कप्तान मार्टिन क्रोको निधन

सन् १९९२ विश्वकपका म्यान अफ द सिरिज

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
Martin_Crowe.jpg.jpeg
एजेन्सी। न्युजिल्याण्डका पुर्व क्रिकेटर एवं कप्तान मार्टिन क्रोको क्यान्सरका कारणले ५३ बर्षको उमेरमा मृत्यु भएको छ। सन् २०१४मा उनलाई क्यान्सर भएको पुष्टी भएको थियो। 
 
सन् १९८२मा क्रिकेटमा डेब्यु गरेका क्रोले ७७ टेष्ट खेलेका थिए। उनले ४५.३६को औषतले ५४४४ रन बनाएका थीए। १७ शतक र १८ अर्ध शतक बनाएका क्रोको उच्चतम रन २९९ रहेको छ। त्यसैगरि १४३ एकदिवशिय खेलेका क्रोले ३८.५५ औषतले ४७०४ रन बनाएका थिए। उनले ४ शतक र ३४ अर्धशतक बनाएका थिए। एकदिवसियमा उनको उच्चतम रन १०७ नट आउट रहेको छ। 
 
उनले टेष्टमा १४ विकेट लिएका थिए भने एकदिवसियमा २९ विकेट हात पारेका थिए। उनले सन् १९९५मा अन्त्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। 
 
अहिले क्रिकेटमा चलेको शुरुवाती ओभरमा छिटो रन बनाउने (पिन्च हिटर) र बलिङ गर्दा शुरुमा स्पिनरको प्रयोग गर्ने प्रयोगको शुरुवात उनले गरेका थिए। सन् १९९२ विश्वकपमा बिष्फोटक ब्याट्सम्यान मार्क ग्रेटब्याचबाट शुरुवाती ब्याटीङ गराएका थिए भने स्पिनर दिपक पटेलले न्युजिल्याण्डकालागि ओपनिङ बलिङ गराएका थिए। दुवै प्रयोगमा क्रो सफल भएका थिए। उक्त विश्वकपमा न्युजिल्याण्ड सेमीफाईनलमा प्रवेश गरेको थियो। 
 
मार्टिन क्रो सन् १९९२ विश्वकपमा सबै भन्दा बढी रन बनाउने खेलाडी भएका थिए। उनले ९ खेलमा ४५६ रन बानएका थिए। उक्त विश्वकपमा क्रो 'पलेयर अफ द सिरिज' घोषित भएका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ