arrow

देउवाले भने, ‘म संग निर्णय गर्ने क्षमता र आँट छ’

कसैले पार्टी छोडेर जानुपर्ने अवस्था आउन दिने छैन

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
deuba-patrakar-sammelan.JPG.jpeg
काठमाडौं । १३औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेद्वारी घोषणा गर्दै कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले कुनै पनि कार्यकर्तालाई पार्टी छोड्नु पर्ने अवस्था आउन नदिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेता देउवाले विगतमा सन्त नेता कृष्णप्रसाद भट्टराईले पार्टी छोड्नु पर्ने अवस्था आएको सम्झिए ।
 
देउवाले भने, ‘२०४६ सानमा पञ्चायत ढालेर ६ महिनामा संविधान बनाउने सन्त नेता कृष्णप्रसाद भट्टराईले पार्टी छोडेर जानुपर्ने अवस्था आयो, त्यो अवस्था अब आउन दिने छैन ।’ देउवाले ठोकुवा गर्दै भनेका छन्, ‘कांग्रेसलाई म यस्तो पार्टी बनाउँछु कसैले पार्टी छोडेर जानुपर्ने अवस्था आउन दिने छैन ।’ 
 
नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउने मात्र नभई समग्र देश एक ढिक्का बनाउने जिम्मेवारी लिने जिकिर देउवाले गरे । देउवाले थपे, ‘पार्टी र राष्ट्र एकता, म त्यो काम गरेरै छाड्छु, ‘गर्छु गर्छु’ ।’ नेता देउवाले ठोकुवाका साथ म संग निर्णय गर्ने क्षमता छ, आँट छ–भने । संविधान कार्यान्वयको जिम्मा, कानुन निर्माणको जिम्म कांग्रेसकै काँधमा रहेकाले कांग्रेस एकता र रुपान्तरणको आवश्यकता रहको देउवाको भनाई छ ।
 
अन्तिम समय सम्म पनि सहमतिको प्रयास गरेको सुनाउँदै नेता देउवाले महाधिवेशन उद्घाटनको घडिमा आएर बाध्यात्मक परिस्थितिमा उम्मेद्वारी घोषणा गर्नु परेको बताए । नेतृत्वका लागि एउटै धारणा बनाउन सकिन्छ कि भन्ने मरो प्रयास जारी नै थियो–देउवाले भने । अहिले वामपन्थीहरु रुपान्तरणको दिशामा छन् । नेपाली कांग्रेसको सांगठनिक संरचना लोकतान्त्रिक ढाँचामा रुपान्तरण हुन जरुरी छ ।
 
हाम्रो पार्टी बलियो हुनु पर्दछ, ठूलो हनु पर्दछ, देउवाले भने, ‘वीपी पछि आँटिलो व्यक्ति म नै हुँ ।’ मैले समाज सधारका कामहरु निकै गरेको छुँ । महिला बालबालिकाका सन्दर्भमा अधिकारको वकालत मात्र नभई समावेशी प्रतिनिधित्वको अभ्यास गरेको छु । बेलिविस्तार लगाउँदै देउवाले भने,  ‘प्रजनन् स्वास्थ्यसम्बिन्धि ऐन ल्याएर मातृ शिशु मृत्युदर कम भएको छ । मधेसी, थारु, आदिवासी–जनजाती र पीछडिएको वर्गको उत्थानको सुरुवात पनि मैले गरेको हुँ ।’ शान्ति प्रक्रियाको अभ्यास गर्ने पहिलो व्यक्ति म नै हुँ, ठोकुवाका साथ देउवाले भने,  ‘मैले नै माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन पहल गरेको हुँ ।’   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ