arrow

१३औं कांग्रेस महाधिवेशन भव्य समारोहबीच खुलामञ्चमा सुरु

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
12801615_951653028282259_6267647456476430270_n.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनराजधानीको खुलामञ्चमा भव्य कार्यक्रमबीच उद्घाटन हुँदैछ । औपचारिक कार्यक्रम सुरु भइसकेको छ । तेस्रो पटक काठमाडौंमै हुन लागेको महाधिवेशनको मूल नारा ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने छ । उक्त नारालाई पूर्णता दिन भन्दै कांग्रेसको नयाँ नेतृत्वका लागि तीन समूह चुनावि मैदानमा उत्रेका छन् । महाधिवेशनको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले गर्दैछन् ।
 
मञ्चको आवश्यक तयारी सम्पन्न भएको र मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशीले जानकारी दिए । महाधिवेशन उद्घाटन स्थल र मञ्चमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, विभिन्न दलका प्रमुख तथा प्रतिनिधी, विदेशी पाहुनालगायत पुगेका छन् । कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधी, साँसद्, सञ्चारकर्मी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधी तथा कांग्रेस नेता कार्यकर्तालगायत सहभागीलाई बस्नका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ । महाधिवेशनको बन्दसत्र हुने राष्ट्रिय सभागृहमा पनि निकै सजिसजावट गरिएको छ । 
 
उद्घाटन समारोह स्थलमा पार्टीको चारतारे झन्डा, ब्यानर, उम्मेदवारका प्रचार ब्यार्नर तथा पोस्टरले भरिएको छ । कांग्रेसले यसअघि नै प्रचार प्रसारका लागि कागजजन्य पर्चाहरुको प्रयोग नगर्ने घोषणा गरको थियो । स्थलमा सहभागीलाई खानेपानी र प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ