arrow

विद्यालयलाई २० थान सीसी टीभि वितरण

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
school-cctv.jpg

रामेछाप। नेपाली कांग्रेस रामेछापका नेता तथा महाधिबेशन प्रतिनिधि भरत चौलागाइले मन्थली नगरपालिका ४ सालुमा रहेको सेती देवी उच्च माध्यमिक विद्यालयलाई शुक्रबार २० थान सीसी टीभि क्यामेरा सहित शैक्षिक सामग्री वितरण गरेका छन। 

नेता चौलागाइले एक औपचारिक कार्यक्रमका साथ क्यामेराका साथै विद्युतिय हाजीर मेशिन, विद्यालयमा शिशु कक्षा देखि १२ कक्षासम्म अध्ययनरत ४ सय ७० विद्यार्थीलाई ट्रयाकसुट सेट, शिक्षकलाई झोला लगाएतका सामग्री हस्ताण्तरण गरेका हुन।

जिल्लाको शैक्षिक क्षेत्रमा सुधार गर्न सकेमात्र जिल्लाको विकास हुने भएकाले आफु शैक्षिक सुधारका लागि यो अभियान लिएर विद्यालय विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै हिडेको बताए। आगामी दिनमा जिल्लाका विद्यालयमा आवश्यकता अनुसारको सहयोग गर्र्दै जाने समेत नेता चौलागाईले जानकारी दिए।

चौलाइगाइले यस अघि पनि जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएका छन। नेपाली कांग्रेसको राजनितिमा सक्रिय उनी व्यावसायी समेत हुन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ