बाँदरसँग महिलाकाे शारीरिक सम्बन्ध, ३ वर्षको जेल सजाय 

प्रकाशित मिति : २०७५ पौष १४ शनिबार
सांकेतिक तस्वीर

काठमाडौं । मिश्रको एक अदालतले बाँदरमाथि यौन शोषण गरेको आरोपमा २५ वर्षीया एक महिलालाई ३ वर्षको जेल सजाय तोकेको छ । स्थानीय अखबार अल अहरामको रिपोर्टका अनुसार महिलाको एक भिडियो वायरल भएको थियो । जसमा ती महिला एक पशु चिकित्सालयमा बाँदरको संवेदनशीलसँग खेलिरहेको देखिएको थियो । 

अखबारका अनुसार मनसौरा भन्ने शहरमा अदालतले बस्मा अहमद नामकी ती महिलामाथि व्याभिचारी र सार्वजनिक स्थानमा अश्लिल हरकत गरेको आरोपमा दोषी ठहर गरेको थियो । ती महिला गत अक्टोबरमा नै पक्राउ परेकी थिईन् । 

अक्टोबरमा महिलाको ९० सेकेण्डको एक भिडियो भाइरल भएको थियो । जसमा महिला एक स्थानीय पशु चिकित्सालयमा बाँदरको निजी तथा संवेदनशील अंग छोएर ऊ सँग खेलिरहेकी थिइन् । भिडियोमा देखिएका अरु व्यक्ति भने ती महिलामाथि हाँसिरहेको देखिएको थियो । 

अदालतसामु ती महिलाले आफूले सबै हरकत गरिरहेको स्वीकारेकी थिईन् । तर, उनले आफूले कोहीपनि हरकत नगरेको बताएकी थिइन् । तर, अदालतले भने उनले बाँदरसँग शारीरिक सम्बन्ध समेत राखेको आरोप लगाएको थियो । सामाजिक सञ्जालमा समेत यो भिडियो विरुद्ध आवाज उठेको थियो ।
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ