arrow

प्रविधिले यसरी बदल्दैछ यातायात प्रणाली

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १४ शनिबार
transport.jpeg

काठमाडौं । पृथ्वीको एउटा स्थानबाट अर्को स्थानमा पुग्नका लागि मानिसहरुले विभिन्न किसिमका यातायातको प्रणालीको प्रयोग गर्ने गर्छन् । अहिले यातायातको क्षेत्र हाइड्रोजन इन्धन भएका सवारीदेखि हाइपरलुप र केबुलकारसम्म विस्तारित भइसकेको छ । यस किसिमका प्रविधि र नयाँ योजनाले शहरी विकासको भविष्यलाई देखाउँछ । 

यहाँ पछिल्लो समय विश्वभर सहरहरु कसरी परिवर्तन हुँदैछन् भन्ने कुरा उल्लेख गरिएको छ । 

भविष्यका सहर 

Gangnam view (Seoul)

विकसित मुलुकका सहरहरुको यातायातको अवस्था व्यवस्थित हुन्छ । जसको सहरको सौन्दर्य नै बढाएको हुन्छ । यस्तोमा केही विकसित मुलुकका सहरहरु नयाँ रुपमा परिणत हुँदैछन् । अबको केही समयमा प्रविधिको विकास, स्वचालित कार, वायरलेस र इलेक्ट्रोनिक्स कनेक्टिभिटीजस्ता कुराहरुले सहर अहिलेको तुलनामा निकै परिवर्तन हुने क्रममा अघि बढिरहेको छन् । 

एक ठाउँबाट अर्को स्थानमा जानका लागि विकल्पहरु बढ्नेछन् । जसमा विद्युतीय बाइकहरुको संख्या पनि बढ्नसक्ने देखिन्छ । त्यसमा स्वतालित प्रणालीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्लेषकहरुले बताएका छन् । 

हाइपरलुप

A man touches the rear of a full-scale passenger Hyperloop capsule unveiled by Hyperloop Transportation Technologies on October 2, 2018 in El Puerto de Santa Maria.

भविष्यको विषयमा कुरा गर्दा हाइपरलुप प्रणाली पनि एक महत्वपूर्ण पक्ष हो । यातायात क्षेत्रको लागि हाइपरलुपको अवधारणा निकै महत्वपूर्ण अवधारणा हो । यसले कुनै पनि स्थानहरुको बीचको यात्राको लागि लाग्ने समय निकै कम गर्नेछ । केही कम्पनीहरुले अहिले यसको विकास गरिरहेका छन् । जसको लागि अहिलेसम्म २९ करोड ५० लाख डलरको कोष बनाइएको छ ।

निकै कम चापको ट्युबबाट यो प्रणालीबाट तीव्र गतिको यात्रा गर्न सकिन्छ । हवाई जहाजको गतिमा जमिनबाट यात्रा गर्नसकिने यो प्रणालीलाई निकै विशेष मान्ने गरिएको छ । अबको १० देखि २० वर्षको अवधिमा यो प्रणालीको व्यापक विस्तार हुने र यसबाट धेरै मानिसहरुले यात्रा गर्न सुरु गर्ने विज्ञहरुल बताउँदै आएका छन् । 

शून्य उत्सर्जन 

Visitors inspect the Coradia iLint, a CO2-emission-free regional train developed by French transport giant Alstom.

हाइपरलुपले यातायातकाके क्षेत्रमा निकै ठूलो भूमिका निर्वाह गर्ने भए पनि परम्परागत किसिमका यातायातका साधनहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । पछिल्लो केही समययता विश्वको प्रमुख यातायातको साधन बनेको कस तथा रेलको भूमिका आगामी दिनमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । केही समयअघि स्कटल्याण्डको अबर्डिनमा शून्य उत्सर्जन हुने हाइड्रोजन बस सञ्चालन गरिने बताइएको थियो ।
त्यसका साथै युरोपमा केही समयअघि मात्र हाइड्रोजन रेलको अवधारणा अघि सारिएको छ । यसले अबका दिनमा यतायातको क्षेत्रमा शून्य उत्सर्जनका सवारीहरुको बाहुल्यता रहने छ । 

साइकलको विकास 

Bikes for rent at a docking station in Copenhagen, Denmark.

प्रविधिको जति विस्तार भए पनि साइकललाई भन कुनै पनि अवस्थामा त्याग्न सकिँदैन । यो युरोपमा निकै लोकप्रिय साधन हो । डेनमार्कको केपनहेगन साइकल अत्यधिक चल्ने सहर हो । यहाँका हरेका मानिसहरु साइकल चढ्न रुचाउँछन् । 

पछिल्लो समय मानिसहरुको रुचि पनि बदलिँदो क्रममा रहेको छ । मानिसहरु स्वचालित तथा शून्य उत्सर्जनका सवारीमा आकर्षित देखिएको छ । यसले यातायातको तीव्र गतिको विस्तारको लागि सहयोग पुग्ने विश्लेषकहरुले बताउँदै आएका छन् । अहिले विस्तार भइरहेकै अवस्थामा आगामी दिनमा यातायात प्रणालीको विकास भएको खण्डमा केही वर्षमा विश्वका प्रमुख सहरहरुको अवस्था सोचेको भन्दा निकै भिन्न हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ