arrow

ओलीले भने, ‘नागरिकले पत्यारिलो र भरपर्दो कांग्रेस चाहेका छन्, मेरो चाहाना पनि त्यही हो’

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
kp-oli-new-cong.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चाहाना पत्यारिलो र भरपर्दो कांग्रेस रहेको भन्दै आफ्नो समेत सोही चाहाना रहेको बताएका छन् । काठमाडौंको खुलामञ्चमा भएको कांग्रेस १३औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यसै महाधिवेशनबाट कांग्रेस पत्यारिलो र भरपर्दो पार्टी हुनु पर्ने बताएका हुन् । यसअघि कांग्रेस पार्टी र नेताहरुले गरेको योगदान निकै सम्झेका ओलीले नेपाली जनताको चाहाना अटल र अडिक कांग्रेस चाहिएको भन्दै आफुले समेत त्यही चाहेको प्रस्ट्याए । 
 
एमाले अध्यक्ष समेत रहेका ओलीले आफुहरु अब आर्थिक क्रान्तिको नयाँ चरणमा प्रवेश गर्न चाहिरहेको र जसमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताए । ओलीले भने, ‘नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक रहेको कुरालाई ध्यान दिई कांग्रेस समृद्धिको सहकार्यका लागि बलियो भएर आउनु पर्दछ ।’ नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलन र राणासासन अन्त्यको एक वहाक हो । जसमा कांग्रेसले निकै मेहनत, पसिना र रगत बगाएको छ । 
 
कांग्रेसका संस्थापकहरुको योगदान सम्झिँदै ओलीले आफुले वुधबार मात्रै आफुले कुनै पनि विवाद नहुने २२ वीरहरुलाई शहीद घोषणा गरेको सुनाए । ओलीले भने, ‘किसान आन्दोलनका प्रर्वतक भीमदत्त पन्तदेखि, झापा विद्रोहलगायत विभिन्न समयमा सादत्त प्राप्त गर्ने वीरहरुलाई राज्यको तर्फबाट सम्मान दिँदै शहीद घोषणा गरेका छौं ।’ जसको मूल्य जोगाइराख्न आफुहरु देशका हरेक राजनीति शक्तिसंग सहकार्य गर्न तयार रहेको ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले कांग्रेसको १३ औं महाधिवेशन नीतिगत रुपमा तयार राख्न सक्षम हुने अपेक्षा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ