arrow

मधेसको कुरा नेपालको आन्तरिक विषय होः नितिसकुमार

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
Nitish-Kumar_15.jpg.jpeg
काठमाडौ। भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई संबोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन।  रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमामा उनले भने, पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन। यहाँका नेताहरु उनीहरुको समस्या संबोधन गर्न सक्षम छन । हामी त केवल नेपालको प्रगति र सद्भाव चाहन्छौ।
 
राजधानीमा भएको साक्षात्कारमा नितिशकुमारले मधेसी नेताहरुले आफूलाई भेटेर अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको भनि असन्तुष्टी ब्यक्त गर्ने गरेको सुनाउँदै आफूले उनीहरुलाई यो समस्या नेपालमै समाधान गर्न सुझाव दिएको बताए। उनले भने,‘ नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन। नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ।’
 
नितिस कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको समेत धारणा राखे। उनले नेपाल भारत सम्बन्ध अटुट भएको उल्लेख गर्दै भारतको एकमात्र चाहना नेपालको विकास भएको बताए।  नितिशकुमारले भने,‘ भारतीयहरु नेपालसँग भावनात्मक रुपमा जोडिएकोले नेपालले पनि विकास गरोस भन्ने चाहन्छन। नेपालमा विकासको धेरै सम्भावना छ। भुटानको भन्दा धेरै नेपालमा जलविद्युतको धेरै सम्भावना छ। मैले सुनेको छु, यहाँ एक लाख मेघावाट विद्युत उत्पादनको क्षमता छ। यसलाई उपयोग गर्न सके नेपालको आर्थिक विकास हुन्छ। ’
 
उनले नेपालमा आवश्यक बाहेकको विद्युत भारतले खरिद गर्ने बताउँदै नेपालको विकासको सम्भावना सबैले बुझ्नु पर्ने र यसैमा आफुहरुको स्वार्थ रहेका बताए। नितिशकुमारले भने,‘ नेपालको विकास भए भारतलाई राम्रो लाग्छ। दुई देशवीच राम्रो सम्बन्ध छ। मैले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुसँग कुरा गरे उहाँहरुको पनि यही भावना छ। ’
 
उनले नेपालमा धार्मिक पर्यटन सहित जलविद्युत, कृषि र उद्योगको सम्भावना रहेको भन्दै यस विषयमा सबै संबेदनशिल हुनु पर्ने आफ्नो धारणा सुनाए।  नितिसकुमारले काग्रेसको १३ औ महाधिवेशनको कारणले पहिलो पटक नेपाल आउने अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री र महत्वपूर्ण ब्यक्तित्वहरुसँग कुराकानी गर्ने अवसर पाएको भन्दै यसले आफूलाई हर्षित बनाएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ