arrow

भारतीय सत्तापक्ष भारत र नेपाललाई हिन्दु राष्ट्र भएको हेर्न चाहन्छ : जोगेन्द्र शर्मा

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
nepali-congres-@.jpg.jpeg
काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका नेता जोगेन्द्र शर्माले भारतीय सत्ता पक्षले भारत र नेपाललाई हिन्दु राष्ट्र घोषणा भएको हेर्न चाहेको बताएका छन् । नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नेता शर्माले भारतीय सत्तापक्षले भारतलाई हिन्दु राष्ट्र घोषणा गर्न चाहेको र नेपाललाई पनि त्यही स्वरुपमा हेर्न चाहेको बताएका हुन् । 
 
उनले भने, ‘तपाईहरु एक हुनुस्, कसैको दबाबमा नपर्नुस्, स्वविवेकले काम गर्नुस्, भारतीय जनता तपाईहरुको साथमा छ ।’ आफ्नो पार्टीका महासचिव सिताराम यचुरीले समेत लामो समयको नाकाबन्दीबारे सरकारलाई पटक पटक घच्चच्याएको जानकारी शर्माले दिए । सरकारले आफुहरुले नाकाबन्दी नगरेको भन्दै मधेस आन्दोलनकै कारण नेपाली जनताले दुःख पाएको जवाफ दिएको शर्माले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ