arrow

प्राधिकरणका वरिष्ठ निर्देशक खनाललाई मन्त्रालयमा काज सरुवा

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
ananda-raj-khanal.jpg

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई काजमा सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयले प्राधिकरणका वरिष्ठ निर्देशक खनाललाई सरुवा गरि मन्त्रालयमा नै सुचनाप्रविधि विज्ञको रुपमा जिम्मेवारी दिएको हो। 

प्राधिकरणमा खनाल अध्क्षयपछि दोस्रो बरियतामा रहेका कर्मचारी हुन्। अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि खनाल नै वरिष्ठता क्रममा अगाडि थिए। 

यद्यपि अध्यक्ष झाको राजीनामा अझै पनि स्वीकृत भएको छैन। उनको राजीनामा अहिले मन्त्रिपरिषद्मा पुर्‍याइएको छ। झाको राजीनामा स्वीकृत भएपछि नयाँ अध्यक्ष नआएसम्मका लागि अर्का वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले अध्यक्षको जिम्मेवारी समाल्ने छन्। वरियता क्रममा आनन्दराज खनाल पछि पुरुषोत्तम खनाल बरिष्ठ हुन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ