arrow

ट्रिपल रेयर क्यामेराको साथमा आउनेछ नयाँ आईफोन

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १६ सोमबार
iphone2.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले तीन रेयर क्यामेरा भएको आईफोन ल्याउने भएको छ । २०१८ मा आईफोनको आईफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर मोडल सार्वजनिक भएको थियो । 

२०१९ का लागि पनि कम्पनीले नयाँ आईफोन सार्वजनिक गर्ने तयारी गरेको हो । २०१९ मा आउनसक्ने आईफोनको फोटो पनि सार्वजनिक गरिएको छ । आईफोनको अवधारणाको आधारमा यो फोटो तयार पारिएको हो । 

महत्वपूर्ण कुरा के छ भने एप्पल नयाँ आईफोनमा ३डी क्यामेरा राख्ने विषयमा सोनी कम्पनीसँग काम गरिरहेको छ  । यस्तोमा फ्रन्ट क्यामेरामा पनि ३डी क्यामेराको प्रयोग हुनसक्ने अनुमान गरिएको छ । फेसआई फिचर्सलाई निकै आकर्षक बनाउन यसको प्रयोग हुनसक्ने बताइएको हो । 

सोनीले बनाउने सेन्सरबाट आईफोनको नोच कम हुनेछ, जसको कारण आईफोनको स्क्रिन ठूलो हुनेछ । विवरणका अनुसार ३डी क्यामेराको प्रयोग एआर र भीआरमा पनि गर्न सकिन्छ । यद्यपि यसबारे अहिलेसम्म कम्पनीले भने कुनै घोषणा भने गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ