arrow

नेपाली राजनीतिक दलको एकताभावले मोहित भए नीतिश

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
nitish-kumar-new-pic.jpg.jpeg
काठमाडौं । भारत बिहारका मुख्यमन्त्री नीतिशकुमारले नेपाललाई कसैले पनि कमजोर ठान्न नहुने बताएका छन् । मुख्यमन्त्री नीतिलेले नेपाल हरेक दृष्टीकोणले सक्षम रहेको बताउँदै कसैले सानो सम्झिन नहुने बताएका हुन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको शुभकामना दिने क्रममा काठमाडौंको खुला मञ्चमा नीतिशले नेपाल र भारतबीचको अट्टुट सम्बन्ध कुनै पनि हालतमा टुट्न नसक्ने बताए । 
 
नेपाल भारतको सम्बन्ध निकै पुरानो भएको उनले सम्झिए । भारत र नेपालबीचका सबै समस्या आपसी छलफल र समझ्दारीबाट टुंग्याउन सकिने मुख्यमन्त्री नीतिशको भनाई थियो । कांग्रेसको राजनीतिक सम्बन्ध अझ बढी पुरानो रहेको भन्दै नेपली राजनीतिक नेतारुबीचको एकताभावले प्रभावित भएको नीतिशले सुनाए । उनले भने, ‘सबै राजनीतिक दलका नेताहरु एकै मञ्चमा आएर एकताभाव बाँडेकाले समृद्धिको सम्भावना प्रचुर छ, नेपाललाई समृद्ध बन्नबाट कसैले रोक्न सक्दैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ