arrow

कुसीयारीकाे भविष्यवाणी, ‘फेरि पनि नेपाल दुनियालाई ज्ञान दिने छ’

भने– ‘मलाई भारतमै रहेको अनुभव भो’

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
kusiyari.jpg.jpeg
काठमाडौं । भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कुसीयारीले नेपाली धरालतमा भए पनि आफु भारतमै रहेको अनुभव भएको बताएका छन् । १३ औं कांग्रेस महाधिवेशनको शुभकामना दिँदै काठमाडौंको खुलामञ्चबाट कुसीयारीले आफु एउटै धरातलमा, एउटै परिवारमा रहेको बताएका हुन् । 
 
नेपाल र भारतमा कुनै फरक नरेहको भन्दै कुसीयारीले भने, ‘जहाँ सर्वोच्च शिखर सगरमाथा छ, मैले पहिले नै नेपालले संविधान निर्माण गरेर संसारको सगरमाथापनि बनोस् भन्ने कामना गरेको थिए ।’ नेपालसंग भारतको पारिवारिक सम्बन्ध रहेको बताएका खुशीयारीले भगवान् पशुपतिनाथको भूमि नेपाल, गोरखनाथको भूमि नेपाल, लुम्बिनीको भूमि नेपालको बयान गर्न सम्भव नभएको बताए । 
 
कुसीयारीले भने, ‘यही संसारको ज्ञान भूमि हो, म एउटा भविष्यवाणी गरेर जाँदैछु, कि फेरि पनि नेपाल दुनियालाई ज्ञान दिने छ, ‘प्रचण्ड’ जी विगत जस्तै नेपालले फेरि दुनियालाई ज्ञान दिने छ ।’ नेपाल सार्वभौम देश हो । हामी सबै एक छौं । नेपाल स्वीट्जरल्याण्ड बन्न सक्छ, कुसीयारीले थपे, ‘सबै एक भए समृद्धि सुनिश्चित छ ।’ ‘प्रचण्ड जी, ओली जी, बोली जी, गोली जी’ सबै यँही हुनुहुन्छ । जो परिवर्तनका वहाक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ