arrow

कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ? 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १७ मंगलबार
new_year.png

काठमाडौं । मंगलबारबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । नयाँ वर्षको आगमनलाई खुसीयालीपूर्वक स्वागत गर्ने चलन विश्वभर रहेको छ । यद्यपि खुसीयाली मनाउने तरिका सबै मुलुकमा एकै किसिमको भने हुँदैन । यहाँ विश्वका केही मुलुकहरुमा कसरी नयाँ वर्ष मनाइन्छ भन्नेबारे चर्चा गरिएको छ – 

१. जापान 

जापानमा नयाँ वर्ष मनाउने तरिका अनौठो किसिमको छ । यो मुलुकमा डिसेम्बर २९ देखि ३ जनवरीसम्म नयाँ वर्षको खुसीयाली मनाइने गरिएको छ । यसलाई याबुरी भनिन्छ । यो मुलुकमा रातको १२ बजे १ सय ८ पटक मन्दिरको घण्टी बाजाइने गरिएको छ । 

२. स्विट्जरल्याण्ड

स्विट्जरल्याण्डमा नयाँ वर्ष मनाउने तरिका केही भिन्न रहेको छ । यो मुलुकमा जमिनमा आइसक्रिम खनाएर नयाँ वर्षको सुरुवात गर्ने गरिन्छ । यहाँका मानिसहरुलाई यस्तो गर्दा नयाँ वर्षमा मानिसहरुको भाग्य चम्किने विश्वास लिइन्छ । 

३. चीन 

चीनमा एक महिनाअघि नै नयाँ वर्षको तयारी सुरु हुन्छ । यहाँका मानिसहरु रातो रङलाई महत्वपूर्ण मान्छन् । जसको कारण उनीहरु आफ्नो झ्यालढोकामा रातो रङ लगाउँछन् । उनीहरु पुरानो वर्ष बिदा गर्न तथा नयाँ वर्षको स्वागतका लागि एक सातासम्म शानदार आतिसबाजी गर्ने गर्छन् । 

४. स्पेन 

स्पेनमा मानिसहरु १२ अंगुर खाएर नयाँ वर्षको स्वागत गर्छन् । यो अंगुर खाँदै मानिसहरु नयाँ वर्षको लागि केही विशेष कुरा माग्ने गर्छन् । अंगुर धेरै हुने भएकोले मानिसहरु यो फल खाएर नयाँ वर्ष मनाउने गर्छन् । 

५. रुस 

रुसका मानिसहरु एक कागजमा आफ्नो इच्छा लेखेर नयाँ वर्ष मनाउँछन् । उनीहरु उक्त कागजमाथि एक गिरलामा मदिरा भरेर खन्याइदिन्छन् । १२ बज्नुभन्दा अगाडि यसो गर्नु शभ मानिन्छ । 

६. अमेरिका 

अमेरिकामा नयाँ वर्षको दिन गेडागुडी तथा शलगमको पात खाने प्रचलन रहेको छ । साथै नयाँ वर्षमा अमेरिकाका चर्चहरुमा पनि विभिन्न किसिमको कार्यक्रम गरिने गरिन्छ । 

७. ग्रिस

ग्रिसका मानिसहरु केक वा ब्रेड बनाउने पीठोमा सिक्का राख्ने गर्छन् । त्यसपछि ब्रेड वा केक बनाइ सकेपछि खाँदा जसलाई उक्त सिक्का पर्छ, त्यो व्यक्ति भाग्यमानी हुने विश्वास लिइने गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ