arrow

सिटौलाले भने, ‘यो कांग्रेसले आफैलाई ‘रिभ्यू’ गर्ने बेला हो’

माओवादीको बन्दुकले दुखः दियो भन्दा प्रचण्ड भित्रैबाट मुस्कुराए

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
sitaula-new-ssss.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिको उम्मेद्वारी घोषणा गरेका महामन्त्री कृष्ण प्रसाद सिटौलाले यो समय कांग्रेसले आफैलाई ‘रिभ्यू’ गर्नुपर्ने बताएका छन् । सिटौलाले उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफुहरुबीचमा कुनै भिन्नता नरहेको भन्दै सबै समान रहेकाले आफुले आफैलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । सिटौलाले भने, ‘हामी सबै समान छौं, कोही ठूला छैनौं, कांग्रेसले पश्चिमको दार्चुला, उत्तरको मुस्ताङ र दक्षिणको जनकपुर सबैलाई चिन्दछ ।’ हामी आफु बन्ने होइन, नेपाल बनाउने हो । 
 
सिटौलाले भनेका छन्, ‘नेपाल बनाउने हो भने हामी एक साथ जान सक्नु पर्दछ ।’ अवका दिनमा रगत बगाउने नभई समृद्धि दिने वातावरण सिर्जना गर्नुपर्दछ । सिटौलाले मुलुक आर्थिक विकासको पर्खाइमा रहेको भन्दै खाडीमा युवाले कमाएको पैंसाले आज देश चलिरहेको बताए । सिटौलाले भने, ‘त्यो अनेकौं पीडा झेलिरहेको युवा जमात स्वदेश फर्कन चाहान्छ, बाकसमा होइन–सकुशल ।’ देशका विभिन्न विषमतारु चिर्नुपर्ने जिम्मेवारी हामीले बहन गर्न सक्नु पर्ने छ । 
 
सिटौलाले फेरि एक पटक सवै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्नु पर्ने चुनौती रहेको सुनाए । संविधान निर्माणपछि अब पहिलो चरणको कार्यान्वयनमा स्थानीय निकायको निर्वाचन र प्रदेशको निर्वाचन गर्नु पर्ने छ । सिटौलाले भने, ‘त्यसपछि सरकार निर्माण हुँदै विभिन्न कानुन बनाउनु पर्ने चुनौती छ ।’ गिरिजाको कार्यदिशामा गणतन्त्र आयो, सुशीलको कार्यदिशाले संविधान निर्माण भयो । 
 
माओवादीको बन्दुकले दुखः दियो भन्दा प्रचण्ड भित्रैबाट मुस्कुराए 
महामन्त्री कृष्ण सिटौलाले विगतमा केहिले राजाको बन्दुक र कहिले माओवादीको बन्दुकले दुःख दियो भन्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भित्रै देखि मुस्कुराए । सोही कारण पनि दाहालले पछि आफु बोल्दा समेत सिटौलालाई सम्झिए ।
 
नेपालले आफै संविधान बनायो, जसले खुसी छु 
सभापतिका उम्मेद्वार सिटौलाले नेपालले आफै संविधान बनाएकामा खुसी भएको बताए । उनले भने, ‘स्वविवेक नेपालले ८५ प्रतिशत भन्दा बढीको समर्थन लिएर ऐतिहासिक संविधान निर्माणको काम सम्पन्न गर्न सक्यो, जुन कार्य नै नेपाली राजनीतिक परिवर्तनको महत्वपूर्ण पाटो हो ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ