arrow

नासाको ‘न्यू हराइजन्स’ले खिच्यो दुर्लभ तस्वीर 

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
new-horizons-nasa.jpg

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अभियान ‘न्यू हराइजन्स’ले नयाँ सफलता हासिल गरेको छ । न्यू होराइजनले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्विर खिच्न सफल भएको हो ।

बीबीसीका अनुसार सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको उक्त हराइजन्सले अल्टिमा टूली नामको पिण्डको नजिक भएर जाने क्रममा पृथ्वीमा सम्पर्क गर्न सफल भएको छ र थुप्रै तस्वीर लिएको छ ।

साथै महत्वपूर्ण जानकारी संग्रह गर्न सफल पनि भएको छ । यो अन्तरिक्ष यानले आगामी केही महिनासम्म महत्वपूर्ण तस्वीर र जानकारी पृथ्वीमा पठाइ रहने छ ।

अन्तरिक्ष यानले पठाएको सिग्नल प्राप्त हुनासाथ मैरील्यान्डस्थित जोन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स विश्वविद्यालयको प्रयोगशालामा बैज्ञानिकहरुले ताली बजाएर खुसी मनाएका थिए ।

पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान ६ अर्ब ५० किलोमिटरको दुरीमा रहेको थियो । यो अभियान पृथ्वीदेखि सबैभन्दा टाढा पुगेको एक सफल अभियान बन्न पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ