arrow

आयो नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्ड

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
hamro-keyboard.jpg

काठमाडौं। अंग्रेजी नयाँ वर्षको अवसर पारेर हाम्रो पात्रोले नयाँ संस्करणको नेपाली स्टिकर र इमोजी समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको छ। हाम्रो पात्रोले यसलाई गुगल प्लेस्टोरमा सार्वजनिक गरेको पनि जनाएको छ।

के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ?

स्टिकर
हाम्रोनेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रोहरुसहितको स्टिकरहरु राखिएको छ। मेसेन्जर, भाइबर, ह्वाट्स एप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिने दावी हाम्रोपात्रोको छ। नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, रबौचावमैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएको छ।हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिने छ।

थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिने छ। डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध रहको हाम्रो पात्रोले जनाएको छ। चलनचल्तिको “बकमानसिपवज”देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्डले आउटहरु यथावत नै रहेको जनाइएको छ। 

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा प्रयोगकर्ताको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपिएको छ। जुन इमोजीहरु जुनसुकै एपमा सजिलैसँग राख्न तथा शेयर गर्न सकिन्छ।

हाम्रो पात्रोले निकट भविश्यमा थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दै जानेसमेत बताएको छ।  यसरी राख्न सकिन्छ हाम्रो नेपाली किबोर्ड : https://play.google.com/store/apps/details?id=com.hamrokeyboard



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ