arrow

भगतसिंहलाई प्रचण्डको प्रश्न : नाकाबन्दी ब्यहोर्नु पर्ने गरी हामीले के विगार्‍याैँ ?

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
prachanda-congress.jpg.jpeg
कांठमाडौ । कांग्रेस महाधिवेशनको उद्घाटन सभालाई संम्सोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले भारतीय नेता भगतसिंह कुसियारीलाई प्रश्न गरे नाकाबन्दी बिहोर्नु पर्ने गरी के गल्ती गरिउँ ? पटक पटक नेपालीको चित्तमा ठेस लाग्ने गरी भारतले किन काम गर्छ ? इतिहास नदोरियोस ।  भन्दै प्रश्न गरेका छन् । संबिधान सभाबाट संबिधानमा घोषणा गरेर के नै गल्ती भयो । भारतमा यो कुरा पुर्याउन समेत उनले आग्रह गरेका छन् ।
 
 महाधिवेशन संबोधन गर्ने क्रममा माओवादी नेता दाहालले राष्ट्रलाई एकता गरी छोड्ने, संबिधान कार्यान्वयन गर्न सक्ने जुजारु, परिर्वतन बुझेको नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।  १२ बुदे सम्झौता, शान्ती सम्झौता सम्झदै गिरिजा प्रसाद कोइराला र शुशील कोइरालालाई समेत उनले पटक पटक सम्झेका थिए ।
 
 संबिधान कार्यान्वयन गर्न नेपाली कांग्रेसले कसरी लिएको छ सो बुझ्न समेत कार्यक्रमको अन्यसम्म बसेर सुन्नेछु । निरंकुशताको लडाईमा हामीहरु बिचको एकताले गर्दा नै सम्भव भएको हो । अवको दिनमा काग्रेससग एकताका साथ परिर्वतन पछि आएको संबिधान कार्यन्वयनमा सगै हिड्ने बताएका छन् ।
 
हिड्न लागेका भारतीय नेतालाई केही भन्नु छ पर्खुन भन्दै राखेको समेत बताएका थिए । ध्यान पुर्वक सुनेका भवगसिंहले समेत प्रचण्डको कुरा बुझे झै गरी नमस्कार गर्दे मुस्कुराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ