arrow

ग्यालेक्सी एम १० ल्याउने तयारीमा सामसुङ, के के छन् विशेषता ? 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १८ बुधबार
Samsung-GAlaxy-M.jpg

काठमाडौं । सामसुङ कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एम१० ल्याउने तयारी गरेको छ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता सामसुङले नयाँ सेरिजको स्मार्टफोन ल्याउने तयारी गरेको हो । 

सामसुङले यसअघि नै नयाँ सेरिजका स्मार्टफोनहरु ल्याउने तयारी गरेको हो । ग्यालेक्सी एम सेरिजका स्मार्टफोनहरु सार्वजनिक हुनुभन्दा पहिला कम्पनीले आफ्नो जे सेरिजका स्मार्टफोनहरु लाई विस्थापित गर्नसक्ने बताइएको छ । सामसुङले अब छिटै नै ग्यालेक्सी एम१०, ग्यालेक्सी एम२०, ग्यालेक्सी एम३० र ग्यालेक्सी एम४० डिभाइसहरु पनि सार्वजनिक गर्ने तयारी गरेको हो ।  

ग्यालेक्सी एम१० सार्वजनिक हुनुभन्दा केही समयअघि नै यसको विशेषता भने सार्वजनिक भएका छन् । अहिले सार्वजनिक एन्ड्रोइड ८.१ ओरियोमा काम गर्नसक्ने बताइएको छ ।

यो स्मार्टफोनमा ६.५ इन्चको इनफिनिटी–वी डिस्प्ले रहनेछ । ३जीबी ¥याम र एक्सिनोस ७८७० सोक प्रोसेसर रहेको यो फोन १६ जीबी र ३२ जीबी इन्टर्नल स्पेसको वारियन्टमा उपलब्ध हुनेछ । यसमा ६४ जीबीसम्मको मेमोरी कार्डको प्रयोग गर्न सकिन्छ । 

ग्यालेक्सी एम १० मा ३४०० एमएएचको ब्याट्रिको प्रयोग गरिने छ । यसले फास्ट चार्जिङ सपोर्ट गर्छ वा गर्दैन भन्ने विषयमा भने कुनै जानकारी सार्वजनिक भएको छैन । 

ग्यालेक्सी एम१० बारे सुनिएका हल्लाहरुलाई मान्ने हो भने यसमा १३ मेगापिक्सलको रेयर क्यामेराको प्रयोग गरिनेछ र ५ मेगापिक्सलको फ्रन्छ क्यामेराको प्रयोग हुनेछ । यसको मूल्य वा उपलब्धताको विषयमा भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ