arrow

रामचन्द्र पौडेलले भने, ‘अपमानकै कारण कहिले काँही त आत्महत्या गरौं जस्तै लाग्छ’

मेरो उद्देश्य राजनीतिलाई सम्मानित बनाउने हो

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
udghatan.jpg.jpeg
काठमाडौं । कांग्रेस कार्यवाहक सभापति एवं आगामी नेतृत्वका दावेदार रामचन्द्र पौडेलले आफ्नो उद्देश्य राजनीतिलाई सम्मानित बनाउने रहेको बताएका छन् । महाधिवेशन उद्घाटन समारोहमा पौडेलले भने, ‘सामाजिक संजाल र नेपाली संचारमाध्यममा आउने समाचारले आफुहरुको मान मर्दन नै नरहेको विषय वस्तु उठान गर्दा निकै अपमाननित हुनु परेको छ ।’ पौडेलले गम्भीर हुँदै भने, ‘कहिले काँही त मलाई आत्महत्या गरौं जस्तो लाग्छ ।’
 
हामीले कहीँ कतै जान अन्जानमा गल्ति पो गरेका छौं कि ? किन हामीलाई घृणाको वातावरणमा बाँच्नु परिरहेको छ–पौडेलले तर्क गरे । नेपाली कांग्रेसमा एकता आवश्यक रहेकोमा जोड दिएका पौडेलले भनेका छन्, ‘हामी अपमानित छौं, जनतामा एक प्रकारको शंका कायमै छ, यी नेताले देशै बेच्न थाले, सिध्याउन थाले, यो शंका चिर्नु पर्ने चुनौती छ ।’ जनतालाई विश्वासको वातावरण दिनै पर्दछ ।
 
देशको नेतृत्व गर्न कांग्रेस रुपान्तरण हुनै पर्ने बताएका पौडेलले कसैले कसैलाई दोष लगाउने नभई आत्मालोचना गर्नु पर्ने तर्क गरे । पौडलेले भने, ‘नेताहरुले अब अरुको निन्दा हैन, आत्मालोचना गरेर आफ परिवर्तन हुनुपर्दछ ।’ नेताहरुले कार्यकर्ताको मुल्याङ्कन गरेनन् भन्ने प्रसंग जोड्दै पौडेले पहिले नेताहरुलाई सम्मान हुने खालको काम गर्न आग्रह गरे । जनताको पिरमर्कालाई बुझेर आफुलाई प्रमाणित नेताले कार्यकर्ताको मुल्याङ्कन गर्नै नपर्ने र मुल्याङ्कन नेपाली जनताले गर्ने पौडेको तर्क छ । पौडलेले भने, ‘हामी राजनीति किन गरिरहेका छौं ? के यो पेशा हो ? व्यापार हो ? ।’ राजनीति भनेको राष्ट्रको सेवा हो ।
 
सुशीलको विंडो थाम्न तीन पटक ‘जय नेपाल’ 
सुशील कोइरालालाई सम्झेर कार्यक्रम समापन अघि तीन पटक ‘जय नेपाल’ को नारा लगाउँदै पौडेलले सुशीलको विंडो थाम्न पनि आफुले उनको चरित्र सम्झिनै पर्ने बताए । सुरुवातमा सुशीललाई सम्झेर धैर्यताको साथ अघि बढ्ने आँट रहेको सुनाएका पौडेलले संविधानले लोकतान्त्रिक समाजवादलाई स्थापित गर्न खोजेको बताए । पौडेलले भने, ‘जो हाम्रा अग्रजहरुको कार्यदिशा हो ।’ जनता असन्तुष्ट हुनुमा केही त्रुटिहरु छन् । जसकारण मधेसलाई सन्तोष गर्नेगरी तत्काल हामीले नै संविधान संशोधन प्रस्ताव ल्याएका थियौं–पौडेलले भनेका छन् । 
 
अब आफुहरुले मुलुकलाई अन्योलको अवस्थाबाट मुक्त गर्न चाहेको बताउँदै पौडेलले मुलुकमा आर्थिक र कृषि क्रान्ति आवश्यक रहेको बताए । पर्यटन प्रवद्र्धन आवश्यक छ, पौडेलले थपे, ‘राजनीतिक मुद्दामा अलमलिनु हुँदैन ।’ मुलुकको विकास र शान्ति स्थिरताका लागि हामी अघि बढ्ने छौं । अब अलमल छैन । सबै जातजाती र समुदायलाई साथमा लिएर अघि बढ्न चाहन्छौं । पौडेलले भने, ‘हामीलाई आत्मविश्वासको खाँचो छ । हामी आत्मविश्वासी नभए मुलुक अफल हुन्छ ।   
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ