arrow

आईफोन किन्न युवकले उठाए यस्तो जोखिम, मृत्युसँग संघर्ष गर्दै

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
iphone-man.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले प्रत्येक वर्ष विश्व बजारमा नयाँ आईफोनको उत्पादन ल्याउने गरेको छ । यस्तोमा आईफोनबारे एक चर्चित उक्ति छ– आईफोन किन्न मिर्गौला बेच्नुपर्छ । यो रमाइलोका लागि मात्र भनिने गरिएको हो तर चिनियाँ एक युवकले भने वास्तविकतामै मिर्गौला बिक्री गरेर आईफोन खरिद गरेका छन् । जसको कारण अहिले उनी मृत्युसँग जुधिरहेका छन् ।

एक रिपोर्टका अनुसार ७ वर्षअघि एक चिनियाँ युवकले आईफोन ४ किन्नका लागि मिर्गौला बेचेका थिए । जतिबेला जिओ वैंग नाम गरेका युवक केवल १७ वर्षका थिए । त्यतिबेला आईफोन ४ निकै चर्चामा थियो । जोसँग आईफोन छैन, त्यसलाई दोस्रो दर्जाको व्यवहार गरिने गरिन्थ्यो ।

यो कुराले बिझेका वैंगले आईफोन किन्न मिर्गौला बिक्री गर्ने निर्णय गरेका थिए । उनले एक मिर्गौलाको लागि ३२०० डलर पाएका थिए । जुन नयाँ आईफोनको मूल्यभन्दा पनि बढी हो ।

अहिले वैंग २४ वर्षका भएका छन् । दुर्भाग्यवश उनलाई संक्रमण हुन पुग्यो र यो यति गम्भीर बन्यो कि उनी विगत ७ वर्षदेखि अस्पतालमा नै उपचार गराउँदै आएका छन् । यस्तोमा उनको परिवारको व्ययभार पनि चुलिएको छ ।

उनको डायलोसिसका लागि उल्लेख्य रकम खर्चनुपर्ने अवस्था छ । अस्पतालले वैंगको मिर्गौला अपरेसनबारे भने परिवारलाई कुनै जानकारी दिएको थिएन । अदालतले यस विषयमा अस्पताललाई सजायस्वरुप वैंगका पारिवारलाई जरिवाना बुझाउन निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ