arrow

शेरबहादुर देउवाले रमेश लेखकलाई वारेसनामा थमाएर उम्मेदवारी दर्ता गराए

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
deuba.jpg.jpeg
काठमाडौँ । वरिष्ठ नेता शेरबहादुर देउवाले  उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको उद्घाटन कार्यक्रममा सहभागी भएका देउवाले आफ्नो उम्मेदवारी दर्ता पार्टी नेता रमेश लेखकलाई वारेसनामा दिएर पार्टी मुख्यालय सानेपामा २ः४५ बजे गराएका हुन् ।  पार्टी कार्यालय सानेपामा आज आयोजित उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवार घोषणा गरेका छन् । 
 
प्रस्तावकमा पूर्वमहामन्त्री केवी गुरुङ र पूर्वकेन्द्रीय सदस्य खुमबहादुर खड्काले समर्थन गरेका छन् । यसअघि महामन्त्रीका उम्मेदवार केसी केन्द्रीय सदस्य र कोषाध्यक्षका उम्मेदवार यादव पार्टीको कोषाध्यक्ष थिए ।  आजदेखि सुरु भएको काँग्रेसको ऐतिहासिक १३औँ महाधिवेशनले नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । वरिष्ठ नेता देउवाले सभापति पदका लागि सहमति हुन्छ कि भनेर हिजोसम्म मैले पर्खेर बसेँ तर सहमति नभएपछि आज आफूले सभापति पदमा उम्मेदवारी दिएको बताए । 
 
देउवाले आफू पार्टी सभापतिमा विजय भएमा एकजना कार्यकर्ताले पनि पार्टी छाड्न नपर्ने चर्चा गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने जानकारी दिए  । वरिष्ठ नेता देउवाले पार्टीभित्र एकता नभई भर्खर प्रजातान्त्रिक र बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा प्रवेश गरेका वामपन्थी पार्टीहरुलाई रुपान्तरण गर्न सकिँदैन भने । तीनपटक प्रधानमन्त्री पद सम्हालेका वरिष्ठ नेता देउवाले आफू प्रधानमन्त्री भएका समयमा महिला, बालबालिका, दलित तथा युवा वर्गका क्षेत्रमा धैरै काम गरेको बताए । यसैगरी महामन्त्री पदका प्रत्याशी केसीले अब देश राजनीतिक ‘सिन्डिकेट’ र विरासतका आधारमा नचल्ने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ