arrow

शिशु पेटमा हुदाँ तुलसी सेवन गर्न मिल्छ ?

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
_650x_2018091916181883.jpg

काठमाडौं ।  औषधिको गुण भएको  तुलसी स्वस्थको लागि अमृत समान हो ।  तर गर्भावस्थामा कुनै कुरा सेवन गर्नु भन्दा पहिले सोच्न आवश्यक हुन्छ । गर्भावस्थामा कहिले काहि स्वास्थ्यको लाभदायक मानिने खानेकुराले पनि गर्भस्थ शिशुलाई हानि गरिरहेको हुन्छ । यसै मध्ये एक हो तुलसी। जसले गर्भावस्थामा तुलसी सेवनबाट महिलालाई हुने फाइदा र बेफाइदा बारे चर्चा गरिएको छ ।
 
गर्भस्थ शिशुको हड्डि बलियो बनाउन
 तुलसीमा म्यागनीज प्रचुर मात्रामा पाइन्छ । जुन गर्भस्थ शिशुको हड्डि र जोर्नीको लागि सहायक हुन्छ । यस बाहेक  म्यागनीजमा रहेको एन्टी−अक्सिडेन्ट गर्भवती महिलाको लागि पनि  लाभदायक हुनेछ ।

भिटामिन 'ए' को स्रोत
 तुलसीमा म्यागनीज अतिरिक्त भिटामिन ए पनि पाइन्छ , जुन बच्चाको मुटु , कलेजो , आंखा र सेन्टर्ल नर्वस सिस्टमको विकासमा  माइलस्टोन साबित हुन्छ ।

प्रतिरक्षा प्रणालीलाई दर्‍हो बनाउछ
 तुलसीमा भिटामिन सी, भिटामिन ई, निकोटिन , रिबोफ्लाविन, पोटेशियम, म्यागनीज, कपर, फोस्फोरस र म्याग्नेशीयम जस्ता तत्व पनि पाइन्छ । जुन  गर्भवती महिलाको लागि प्रतिरक्षा प्रणाली बलियो बनाउने काम गर्दछ । साथै गर्भावस्थामा तुलसीको सेवनले महिलालाई कयौ मौसमी रोग र इन्फेकशनबाट जोगाउदछ ।
 
आइरन
एक गर्भवती महिलालाई आइरनको आवश्यकता सामान्य भन्दा ज्यादा हुन्छ । खानाबाट मात्र आइरनको पूर्ति हुन संभव हुदैन । तुलसीमा आइरन पनि पाइन्छ, त्यसैले गर्भावस्थामा यसको सेवन गरे महिलालाई फाइदा पुग्छ ।
 
यस्ता छन् बेफाइदा  
तुलसीको सेवन गर्भवती महिलाको लागि लाभदायक मानिन्छ तर यसको आवश्यकता भन्दा ज्यादा सेवनले समस्या निम्ताउन सक्छ । यदि तपाईलाई कुनै स्वास्थ्य समस्या छ भने यसको सेवन डाक्टरको सल्लाह बमोजिम गर्नुहोस् । चाहिने भन्दा ज्यादा  तुलसीको सेवनले रगतमा चिनिको मात्रा घटाइ दिन्छ जसले तपाईलाई चक्कर लाग्ने वा चिडचिडापन हुन सक्छ ।

यस बाहेक तुलसीमा केहि यस्ता तत्व पनि पाइन्छ जुन गर्भाशय संकुचनको कारण बन्न सक्छ । त्यस्तै तुलसीको लगातार प्रयोगले रगतलाई पतलो बनाउने काम गर्छ । यसैले तुलसी सेवन गर्नु अघि डाक्टरको सुझाव लिनुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ