arrow

खुलामञ्चबाट देउवाले भने, ‘पार्टी संरचना पूर्ण समानुपातिक बनाएरै छोड्छु, त्यो काम गर्छु गर्छु’

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
deuba-khulamanch.jpg.jpeg
काठमाडौं । कांग्रेस वरिष्ठ नेता एवं आगामी नेतृत्वको दावेदार शेरबहादुर देउवाले देशमा थुपै चुनौती रहेको बताएका छन् । राजधानीको खुलामञ्चमा कांग्रेसको १३औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले चुनौती रहेको तर, चुनौती छ भन्दैमा चुप लागेर नबस्ने बताए । देउवाले भने, ‘देशको वर्तमान अफ्ठ्यारो र चुनौती कांग्रेसको नेतृत्वले मात्रै समाधान हुन्छ । चुनौती समाधानका लागि कांग्रेसको सशक्त नेतृत्व चाहिन्छ ।’ 
 
वैशाख १२ को भूकम्प लगत्तै आइलागेको नाकाबन्दीले गम्भीर चुनौती थपिएको  उद्घोष गर्दै देउवाले सबै क्षेत्रलाई समेट्ने साहस कांग्रेसले मात्रै गर्न सक्ने ठोकुवा गरे । देउवाले विभिन्न समुदायको असन्तुष्टी कायमै रहनुमा सबै राजनीतिक शक्ति र राज्यका हरेक निकायमा पूर्ण रुपमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुश्चितता हुन नसक्नु नै मूल कारण हो–भने । देउवाले नेपाली कांग्रेस र देशलाई व्यवहारतः पूर्ण समानुपातिक बनाउने दृढता जनाए । 
 
देउवाले भने, ‘यो महाधिवेशन पनि चुनौतीपूर्ण छ, यस महाधिवेशनबाट व्यवहारतः मुलुकको समृद्धि र पार्टीभित्रको असन्तुलन हट्ने छ, हाम्रो पार्टीमा पूर्ण समानुपातिक व्यवस्था भइनसकेको भन्ने तर्कको जवाफ हामी खोज्ने छौं । ‘यो काम पूरा गरेरै छाड्छु, त्यो काम गर्छु गर्छु ।’ यसअघि उम्मेद्वारी घोषणामा समेत देउवाले आफुसंग निर्णय गर्ने क्षमता र आँट रहेको ठोकुवा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ