arrow

कांग्रेस महाधिवेशन उद्घाटनका रोचक

तस्वीरमा कांग्रेस महाधिवेशन

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
khulamanch-7.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको ऐतिहासिक १३ औं महाधिवेशनको उद्घाटन समारोह काठमाडौंकोको खुलामञ्चमा भव्यताका साथ समम्पन भएको छ। बन्दसत्र शुक्रबार दिउँसो २ बजे देखि भृकुटीमण्डपमा हुनेछ। त्यस अघि बिहान ७ बजे देखि मध्यान्ह १२ बजे सम्म मनोनयन दर्ताको कार्यक्रम छ। मनोनयन दर्ता पार्टी केन्द्रीय कार्यालयमै हुने भएको छ। विहिबार खुलामञ्च देश विदेशका विशिष्ट व्यक्तिहरुको वक्तव्यले गुञ्जयमान रहयो।
 
जहाँ छिमेकी राष्ट्र भारत, चीन, बंगलादेशका नेताहरु सहभागि भए। यस्तै, कम्बोडिया लगायत अन्य मुलुकका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपालका विभिन्न राजनीतिका दलका शीर्ष नेताहरुले विचारोत्तेजक भाषण गर्दै कांग्रेसलाई शुभकामना मात्र दिएनन्। नेपालका चुर्नौतीहरु राम्ररी केलाए । छिमेकी राष्ट्र भारतका सत्ताधारी र विपक्षी नेताहरुले भारत नेपालको साथमा रहेको विश्वास दिलाए। आ–आफ्नो मन्तव्य दिंदै नेताहरु कार्यक्रमबाट बाहिरिएको क्रमलाई पूर्णविराम लगाएका एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कुसीयारीलाई कुरा सुनाउन रोकेको बाउँदै भारतले नाकाबन्दी गर्ने गरी आफुहरुले के गल्ती गरेका थियौं भन्दै प्रश्न गरे।
 
प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई भोट हाल्न आन्दोलन स्थल छोडेर संसद पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेसको १३ औं महाधिवेशन वहिष्कार गरेको छ । महाधिवेशन उद्घाटन समारोहमा मधेसी मोर्चाका कोही नेता देखिएनन् । 
 
जहाँ दाहालले पहिले देखि देखाउँदै आएको राष्ट्रिय स्वाधिनताको प्रसंग जोड्न भ्याए । कुसीयारीले समेत आफ्नो वक्तव्यक्रममा दाहालको नाम तीन पटक लिएका थिए । सबैले बोलेका कुरा राम्ररी सुनको बताएका दाहालले कांग्रेसलाई सशक्त बन्न आग्रह गरे । प्रधानमन्त्री केपी ओलीले आफुले पत्यारिलो र भरपर्दो कांग्रेस चाहेको सुनाए । भारतीय कम्युनिष्ट पार्टीका नेता जोगेन्द्र शर्माले साम्प्रदायिकता भड्काउनेहरु भारत जस्तै नेपालमा पनि हिन्दु राष्ट्र चाहिरहेको सन्दर्भ झिके । उनले भारतीय सत्तारुढ पार्टीप्रति लक्षित गर्दै त्यो तत्व भारत र नेपालमा हिन्दु राष्ट्र घोषणा चाहिरहेको सुनाए । उनले नाकाबन्दीबारे भारत सरकारलाई नै प्रश्न गरे । 
 
रोचक त, उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेसमै हुँदाका क्षण सम्झिंदै ‘जय नेपाल’लाई निकै गम्भीरता पूर्वक दुई पटक उच्चारण गरे। वीपीलाई सम्झेका गच्छदार भावुक पनि भए। उनी विराटनगर जाने हतारले अत्तालिए पनि अन्तिममा जय नेपाल भन्न छुटाएनन्। 
 
अर्कोतिर, कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले कार्यक्रम संचालनलाई ‘रफ’ बनाई रहे। बारम्बार माफी मागेका उनले कांग्रेस संस्थापक तथा योद्धाहरुलाई सम्झिनु अघि वक्ताहरुको बोल्ने क्रम सुरु गरी दिए। माल्यार्पण अघि उनले विदेशी पाहुनालाई बोल्न दिइसकेका थिए। त्यसको कयौं पछी मात्रै राष्ट्रिय गान सम्झिए। जुन त्रुटीले उनी आफै नर्भस भए। 
 
अन्तिममा कार्यवाहक सभापति रामचन्द्र पौडेलले राजनीतिक नेताहरुको अपमानको प्रसंग झिक्दै कहीले काँही त आफुलाई आत्महत्या गर्न मन लाग्ने अभिव्यक्ति दिएर सबैलाई झस्काए। नेपाली संचारमाध्यमको ध्यान पौडेलले एकै वाक्यमा खिचे। अन्तिममा पौडेलले सुशील कोइरालाको चरित्र सम्झिदै उनको विंडो थाम्न भन्दै तीन पटक जय नेपाल भन्दै सहभागिलाई जय नेपाल भन्न लगाए। कार्यक्रमको समापन गर्न छाडेर हिंडेका पौडेलले फर्केर आई कार्यक्रमको विसर्जन गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ