arrow

विश्वका सबैभन्दा क्रूर शासक, केवल ३ दिनमा लिएका थिए ५० हजार मानिसको ज्यान

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
sasak.jpg

काठमाडौं । विश्व इतिहासको पानामा धेरै नाम सुन्न पाइन्छ, जो निकै क्रूर भएको कारण चर्चित थिए । यस्तै एक महमूद गजनवी पनि आफ्नो क्रूरताको कारण संसारमा चर्चित छन् ।

गजनवी भारतमा १७ पटक आक्रमण गर्ने एकमात्र शासक थिए । गजनी देशका यी शासकले भारतबाट उल्लेख्य सम्पत्ति लुटेर आफ्नो देशमा लगेका थिए । महमूद सन् ९७१ देखि १०३० सम्म गजनीका शासक थिए । उनले प्रत्येक वर्ष भारतमा आक्रमणको प्रतिज्ञा लिएको बताइने गरिन्छ । भारतवर्षको समृद्धि र धनबारे सुनेका यी राजा भारतवर्षमा आक्रमण गरी सम्पत्ति लुटेर समृद्ध हुने सपना देख्थे ।

गजनवीले सन् १००१ मा पहिलोपटक भारतमा हिन्दू शासक जयपालको राज्यमा आक्रमण गरेका थिए । यो युद्धमा जयपालका राजा पराजित भएका थिए । पराजित भएसँगै उनले आत्महत्या गरेका थिए ।

गजनवीले सन् १००१ देखि १०२६ सम्म भारतवर्षका धेरै राज्यमा आक्रमण गरी सम्पत्ति लुटेका थिए । गजनवीले आफ्नो १६ औं आक्रमण सन् १०२५मा सोमनायमा गरेको बताइने गरेको छ । यो उनको सबैभन्दा क्रूर आक्रमण हो । यो आक्रमणमा उनले मन्दिरहरु भत्काएर तहसनहस पारेका थिए र उल्लेख्य सम्पत्ति पनि लुटेका थिए ।

यो मन्दिर लुट्ने क्रममा तीन दिनसक्क गजनवी सेना र हिन्दू राजपुतहरुको बीचमा लडाइ चलेको थियो । यसमा करीब ५० हजार ब्राह्मण तथा हिन्दूहरुको ज्यान गएको थियो । उनी एक समलिङ्गी राजा रहेको उल्लेख गरिएको छ । उनको मृत्यु सन् १०३० मा मलेरियाको कारण भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ