arrow

जब आईफोनबाट भयो हुवावेईको ट्वीट

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १९ बिहिबार
huawei1.jpg

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा हुवावेई, सामसुङजस्ता कम्पनीहरुले सधैंको जस्तो यसपटक पनि आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ वर्षको शुभकामना दिएका थिए । 

कुनै पनि कम्पनीले आफ्ना प्रयोगकर्ताहरुलाई शुभकामना दिनु सामान्य कुरा हो तर हुवावेईले भने शुभकामना दिने क्रममा एउटा गल्ती गर्नपुग्यो, जसको कारण सामाजिक सञ्जालभर उसको ट्रोल बनाइएको छ । हुवावेईले नयाँ वर्षको शुभकामना आईफोनबाट दिएको थियो । 

ट्वीटको तल लेखिएको ‘भिया ट्वीटर फर आईफोन’ । हुवावेईको मुख्य ह्यान्डलका साथै हुवावेई मलेसियामा पनि आईफोनबाट शुभकामना दिइएको थियो । 

यद्यपि केही समयपछि कम्पनीले सो ट्वीट हटाएको थियो । हुवावेई कम्पनी र एप्पलको सम्बन्ध पछिल्लो समय राम्रो छैन । हुवावेईकी वित्तीय प्रमुख क्यानडामा पक्राउ परेसँगै यी दुई कम्पनीबारे विभिन्न समाचारहरु आइरहेका छन् । 

हुवावेईले आईफोन प्रयोगमा कर्मचारीहरुलाई रोक लगाएको समाचार पनि बाहिरिएको थियो । गत महिना सामसुङले पनि आईफोनबाट ट्वीट गरेको थियो । आईफोनबाट ट्वीट गर्दा पोस्टेड  फ्रम आईफोन लेखिएर आउने गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ