arrow

अन्तिम स्वाससम्म अमिताभलाई सम्झिरहे कादर खान, छोराले भने बलिउड उद्योगलाई निर्दयी

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
kader_amitabh.jpg

काठमाडौं । बलिउडका चर्चित कलाकार कादर खानको सोमवार क्यानडामा मृत्यु भयो । बुधवार राति कादर खानको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जली दिइयो । बलिउडका तमाम कलाकारले कादर खानको निधनमा शोक जताए। यसै बिच कादर खानका छोरा सरफराजले बलिउड उद्योगका मानिसहरुलाई निर्दयी भनेका छन् ।

सरफराजका अनुसार कादर खान क्यानडन गएपछि उनलाई बलिउड उद्योगबाट बाईपास गर्‍यो । सरफराजले नयाँ खुलासा गर्दै भनेका छन् 'कादर खान आफ्नो अन्तिम स्वाससम्म बलिउडका महानायक अमिताभ बच्चनलाई सम्झि रहेका थिए ।'

हालै एक अन्तर्वार्ताको क्रममा कादर खानका छोरा सरफराजले भने, 'चलचित्र जगतमा यस्ता धेरै मानिसहरु छन् जुन मेरे बुबाको निकै नजिक थिए । तर एक व्यक्ति, जसलाई मेरो बुबाले निकै मन पाराउनु हुन्थ्यो, वहाँ हो बच्चन साहब (अमिताभ बच्चन)। म बुबवासँग सोध्थे कि वहाँ फिल्म जगतमा सबैभन्दा ज्यादा कसलाई सम्झनुहुन्छ भनेर तब वहाँ सिधै उत्तर दिनुहु्न्थो बच्चन साहब। साथै मलाई थाहँ छ कि त्यो माया आपसी थियो।'

भावुक हुदै सरफराजले भने, 'म  चाहान्थे कि बच्चन साहबलाई थाहा होस कि मेरो बुबा अन्तिम स्वाससम्म वहाँसँग कुरा गर्न भनि रहन्थे ।' शक्ति कपूर, डेविड धवन र गोविन्दा ती व्यक्ति हुन् , जसले १९८० र १९९० को दशकको क्रममा कादर खानसँग नजिक रहेर काम गरेका थिए ।

केहि समय पहिले अमिताभलाई कादर खानको बिग्रदो स्वास्थ्य अवस्था बारे थाहा भएपछि उनले सामाजिक सञ्जालमा चिंता व्यक्त गरेका थिए । साथै जब कादर खानको निधन भयो तब उनले ट्वीट गर्दै शोक व्यक्त गरेका थिए ।

कादर खान अमिताभ बच्चनको प्रिय मित्र मध्ये एक हुन् ।  कादर खानले बलिउड चलचित्रमा सुपरस्टार अमिताभ बच्चनसँग कयौ हिट चलचित्रमा काम गरेका छन् । यिनै चलचित्रबाट अमिताभले महानायकको पहिचान बनाउन सफल भएका थिए । सो समय बोलेको संवाद आज पनि दर्शकहरुको सम्झनामा रहेको छ । यसको क्रेडिट सिर्फ कादर खानलाई जान्छ । अमिताभको लागि कादर खानले मि. नटवर लाल, खून पसीना, सत्ते पे सत्ता, अग्निपथ र नसीब जस्ता कयौ चलचित्रको पटकथा र संवाद लेखेका थिए । यसका साथै 'अदालत', 'नसीब', 'कुली' र' मुकद्दर का सिकंदर' जस्ता चलचित्रमा अभिनय गरेका थिए ।

अमिताभसँग कादरको एक आश भने सधैका लागि अधूरो रहेको छ । यो इच्छा करीब ३६ बर्ष पुरानो थियो ।  केहि बर्ष पहिले बीबीसीसँग कुरा गर्दै कादर खानले भनेका थिए, 'म अमिताभ बच्चन, जया प्रदा र अमरीश पुरीलाई लिएर चलचित्र 'जाहिल'  बनाउन चाहान्थे । निर्देशन पनि गर्न चाहान्थरे तर अल्लाहलाई शायद केहि अन्य इच्छा भयो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ