arrow

दार्चुलाको नौगाड गाउँपालिकामा फोन सेवा सुरु

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष २० शुक्रबार
darchula-tower.jpg

दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेकबाट मंगलबार देखी जिएसएम (नमस्ते) फोन सेवा सुचारु भएको छ ।

टावर निर्माणपछि नमस्ते फोनको विटिएस जडान गरी सेवा सुरु भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ्गले बताए । हुवई कम्पनीले निर्माण गरेको टावरमा नमस्ते विटिएस जडान गरी सेवा सुचारु भएको उनले बताएका हुन् ।

टावर राखिएको स्थानबाट ९-१० किलोमिटरको दुरिसम्म टावरले काम गर्ने उनले जानकारी दिए । नमस्ते टावर संचालन भएसंगै सो क्षेत्रका नमस्ते प्रयोगकर्ताहरुले टुजी इन्टरनेट सेवा समेत प्राप्त गर्ने उनको भनाइ छ ।

यसअघि उक्त ठाउँमा जिएसएम टावर निमार्ण नहुदाँ वडा नम्बर १ र ५ का पुरै क्षेत्र सञ्चार विहिन बन्नका साथै गाउँपालिकाका २ र ३ वडा नम्बरका आधा क्षेत्र सञ्चार विहिन थिए । नमस्ते मोबाइलको टावर नहुदाँ कर्मचारी तथा स्थानीय लगायत सबैलाई निकै समस्या भएकोमा हाल टावर निमार्ण भएपछि फोन गर्न लगायत प्रविधिका कार्य गर्न सहज भएको नौगाड गाउँपालिका अध्यक्ष पे्रम सिँह धामीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ