arrow

पौडल समुहको कोषाध्यक्ष सितादेवी यादव

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
Sita-devi-yadav.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल समूहबाट कोषाध्यक्षमा सिरहाकी सांसद सीतादेवी यादवलाई उम्मेदवार भएकी छन् । 
 
पौडेल समूहका नेताहरुको शुक्रवार विहान भएको छलफलले कोषाध्यक्षमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
 
कोषाध्यक्षकी उम्मेदवार बनेकी यादव सिरहाकी पूर्व पार्टी सभापति हुन्। यादवले दुई कार्यकाल सिरहा जिल्ला सभापति भएर काम गरिसकेकी छिन् । २०५८ सालमा पार्टी विभाजन हुँदा संस्थापन पक्षबाट जिल्ला सभापति हुने यादव पहिलो नेतृ हुन् । १२औ महाधिवेशनमा महिला जिल्ला सभापति उनी मात्रै हुन् । 
 
साथै उनी सिरहा क्षेत्र नम्बर ३ बाट निर्वा्चित सांसद पनि हुन्।  
 
कोषाध्यक्षमा अन्य समुहबाट पनि मधेशी समुदायकै उम्मेदवार रहेका छन् । बरिष्ठ नेता शेरबहादुर देउवा समुहबाट चित्रलेखा यादव र महामन्त्री कृष्णप्रसाद सिटौलाको समुहबाट उमाकन्त चौधरी कोषाध्यक्षका उम्मेदवार भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ