arrow

यहाँ सन्तान जन्माए पाइन्छ लाखौ रुपैयाँ, सरकार गरिरहेछ जनतामा अपिल

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
children-.jpg

काठमाडौं ।  प्रकृतिको खेल पनि अचम्मको हुन्छ । कहि मानिसहरु यती धेरै छन्  कि जनसंख्या कम गर्न दुविधा बनेको छ कहि मानिसको संख्या यती कम छ कि जनसंख्या  कसरी बढाउने सरकार लगातार यस बारेमा अपिल गरिरहेको छ ।

यस्ता देश मध्येको एक हो सर्बिया ।  यहांको सरकारले देशको जनतासँग अपिल गर्दै भनेको छ , ‘सन्तान जन्माउ, ढिलो नगरौ ’। यूरोपको बाल्कन द्वीपको सो सानो देशमा जनसंख्यामा कमी एक चिन्ताजनक विषय बनेको छ । देशमा जनसंख्या बढाउनको लागि सरकारले कयौ प्रकारको उपाय अपनाएको छ । जसलाई कयौ नारा पनि दिएको छ । जस्तै , ‘सन्तानको चितकार सुन्नुहोस् ’।

एक अनुसन्धानका अनुसार सर्बियामा जनसंख्या घटेर ७० लाख सम्म पुगेको छ । सन् २०५० सम्मा जनसंख्यामा १५ प्रतिशत गिरावट हुन सक्ने संयुक्त राष्ट्रको अनुमान गरेको छ । यसै समस्याबाट निस्कन सरकारले मानिसहरुलाई बच्च जन्माउन अपिल गरेको छ ।

यहाँको सरकार मातृत्व हेरचाह कानूनको माध्यमबाट महिलाहरुलाई कयौ प्रकारको सुविधा प्रदान गर्न तयार रहेको छ । सर्बिया सरकारले यस बर्षको फेवरवेरीमा जन्मदर बढाउनको लागि कयौ प्रतियोगिताहरुको आयोजन गर्ने भएको छ । यसको माध्यमबाट युवाहरुलाई नगद पुरस्कार पनि दिने भएको छ ।

जनसंख्यामा कमिको मामिलामा जापान पनि अगाडि रहेको छ । जापानको नागी शहरमा जनसंख्या बढाउनको लागि सरकार अनौठो कदम उठाइ रहेको छ । बच्चा जन्माए उपहार स्वरुप लाखौ रकम दिइरहेको छ । यति मात्र हैन सन्तान जन्मको साथै राशि बढाउदै लगिने छ ।

दक्षिण जापानमा स्थित नागी शहरको जनसंख्या करिब ६ हजार रहेको छ । जुन एक कृषि प्रधान शहर हो । पहिला सन्तान जन्माए यहां १ लाख येन (जापान की मुद्रा) यानी करीब ६३ हजार रुपैयाँँ दिइनेछ । यदि कोहि पांच सन्तान जन्म दिए उसलाई ४ लाख येन (करीब २.५ लाख रुपैयाँ) पुरस्कारको रुपमा दिइनेछ । यति मात्र नभइ सरकार परिवारलाई सस्तो मुल्यमा घर, नि: शुल्क प्रतिरक्षा र स्कूल  भर्ना शल्कमा छुट पनि दिनेछ । प्रशासनको यो प्रयासको कारण शहरमा जन्मदर बढि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ