arrow

मेसीको ह्याट्रिकले फराकिलो जित, बार्सिलोनाले २७ वर्ष अघिको रेकर्ड तोड्यो

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
messi-htk.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले मुख्य फरवार्ड लियोनल मेसीको ह्याट्रिकको मद्दतमा रायो भायकानोविरुद्ध शानदार जित निकालेको छ । भायकानोको घरेलु मैदानमा बार्साले ५–१ को शानदार जित निकालेको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गरे । मेसीले २३, ५३ र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यस्तै, इभाँ राकिटिच  र अर्डा टुरानले एक–एक गोल गरे । लुइस सुआरेजले भने पेनाल्टी सदुपयोग गर्न सकेनन् । भायकानोका डिएगो लोरेन्टे र म्यानुअल लिटुर्रा रातो कार्ड पाएपछि ६७ औं मिनेटमै ९ खेलाडीमा सिमित भयो ।

यस्तै, रियाल बेटिसले इस्पानियोललाई ३–० ले हराउँदा ग्रनाडाले स्पोर्टिङ गिजोनलाई २–० ले स्तब्ध बनायो । २७औं चरणका खेल सकिँदा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६९ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६१ अंक छ भने तेस्रो स्थानको रियाल मड्रिडको ५७ अंक छ ।

२७ वर्ष अघिको डेकर्ड भङ्ग
जितसंगै बार्सिलोनाले ला लिगामा हाल सम्म सर्वाधिक अपराजित रहने टोलीको रेकर्ड तोडेको छ । यसअघि यो रेकर्ड रियाल मड्रिडको नाममा थियो । बार्सिलोनाले २७ वर्ष अघिको रेकर्ड तोडेको छ । बार्सिलोनाले लगातार ३५ खेलमा अपराजित रहेको कीर्तिमान बनाएको हो ।

यसअघि बार्साले कोपा डेल रेमा भ्यालेन्सियाविरुद्ध सात गोल गरेको बार्साले आफुनै नाममा रहेको अपराजित कीर्तिमान तोडेको थियो । बार्सिलोना प्रशिक्षक लुइस उन्ड्रिकले आफ्नो २९औं अपराजित यात्रा पुरा गरेका थिए । उनले त्यसअघि पेप ग्वार्डिवलाले बार्सालाई लगातार २८ खेलमा अपराजित राखेको कीर्तिमान तोडेका हुन् ।
Messi drifts away from Diego Llorente and Manuel Iturra - the two men who would later be shown red cards - on the edge of the box

The Barcelona stars congratulate Rakitic after his first goal, which was a gift from the home goalkeeper after 22 minutes

Luis Suarez hods the ball up under pressure from Tito, as Barcelona's front three continued their incredible run of form

Suarez appeals unsuccesfuly for a penalty, but the Uruguayan was unable to convert from the spot when his side did get awarded one

Despite his dreadful error to allow the first goal, Juan Carlos made some important saves, including this one to deny Messi

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ