arrow

पौडेलका प्रस्तावक र समर्थक को को छन् ?

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
RC-Pudel-darta.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलले सभापतिका लागि उमम्मेदवारी दर्ता गरेका छन् । 
पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । उल्लेख्य रुपमा आफ्ना सुवेच्छुक र समर्थकहरुका विचमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । 
 
उनको उम्मेदवारीका लागि महामन्त्री प्रकाशमान सिंह, नेतृ सुजाता कोईराला, पाल्पाका पार्टी सभापति विरबहादुर राना, बर्दियाका पार्टी सभापति संजय गौतम, पुराना मधेशी नेता पद्यमनारायण चौधरी, लालकाजी गुरुड, धादिङका सभापति रमेश धमला प्रस्तावक बनेका छन् । 
 
त्यसैगरी समर्थकमा डा. रामशरण महत, सावित्रि वोगटी, रिवल विराजी, नरेन्द्र केरुङ, अमरसिंह पुन, मानवबहादुर नेपाली र जितनारायण श्रेष्ठ रहेका छन् । 
 
पौडेल समुहबाट महामन्त्रीका शशांक कोईराला र कोषाध्यक्षमा सितादेवी यादवले उम्मेदवारी दर्ता गरेका छन् । 
 
कार्यवहाक सभापति पौडेलको समुहको दर्तापछि महामन्त्री कृष्णप्रसाद सिटौला समुहले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । सिटौला समुहबाट महामन्त्रीका गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गर्ने भएका छन । 
 
देउवा समुहबाट महामन्त्रीका लागि अर्जुननरसिंह केसीले भने उम्मेदवारी दर्ता गरिसकेका छन् । सभापतिमा शेरवहादुर देउवाले भने हिजो नै दर्ता गराईसकेका छन् । उम्मेदवारी दर्ताको समय १२ बजे सम्मलाई तय गरिएकाले अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेहरु र उनका समर्थक तथा सुवेच्छुकहरुको ठुलो भिड लागेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ