arrow

सिटौला समुहबाट संयूक्त रुपमा उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
sitoula.jpg.jpeg
काठमाडौं। महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगनकुमार थापा र उमाकान्त चौधरीले संयूक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्।  सिटौला समुहबाट समापतिमा कृष्णप्रसाद सिटौला, महामन्त्रीका गगनकुमार थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका हुन।
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १०.३० बजे उम्मेदवारी दर्ता गरेका हुन्। उल्लेख्य रुपमा आफ्ना सुवेच्छुक र समर्थकहरुका विचमा उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन्।  देउवा समुहबाट महामन्त्रीका लागि अर्जुननरसिंह केसीले भने उम्मेदवारी दर्ता गरिसकेका छन्। सभापतिमा शेरवहादुर देउवाले भने हिजो नै दर्ता गराईसकेका छन्। 
 
त्यसै गरी कार्यवहाक सभापति रामचन्द्र पौडेलले सभापतिका लागि उमम्मेदवारी दर्ता गरेका छन्। पौडेल समुहबाट महामन्त्रीका शशांक कोईराला र कोषाध्यक्षमा सितादेवी यादवले उम्मेदवारी दर्ता गरेका छन् ।
 
उम्मेदवारी दर्ताको समय १२ बजे सम्मलाई तय गरिएकाले अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेहरु र उनका समर्थक तथा सुवेच्छुकहरुको ठुलो भिड लागेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ