भक्तपुर क्यान्सर अस्पतालको दैनिक १२ लाख आम्दानी

भर्ना भएका गरिब बिरामी र कुरुवालाई निशुल्क खानेबस्ने व्यवस्था र बेडमा न्युनतम शुल्क

प्रकाशित मिति : २०७५ पौष २१ शनिबार

काठमाडौं। भक्तपुर क्यान्सर अस्पतालले दैनिक १२ लाख आम्दानी गरीरहेको जनाएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औ केन्द्रिय सभामा अस्पतालका मेडिकल डाइरेक्टर डा ऋषिकेश नारायण श्रेष्ठले दैनिक १२ लाख आम्दानी भइरहेको बताए। 

देशकै दोस्रो ठुलो र सस्तो क्यान्सर अस्पतालले अहिले अस्पतालमा उपचारका लागि भर्ना भएका गरिब बिरामीका लागि दाताको सहयोगमा दैनिक निशुल्क खानेबस्ने व्यवस्था गरेको  र अस्पताल आउने जाने बिरामीका लागि काठमाडौ र ललितपुर जानेआउने गाडीको पनि दैनीक व्यवस्था गर्दै आएको छ भने बेड चार्जपनि न्युनतम दैनीक डेढ सय  रुपैया लिने गरेको जनाएको छ।

आगामी दिनमा उपचारका लागि आधुनिक मेशीन भित्रयाएर थप गुणस्तरयुक्त सेवा दिन लागिरहेको र बंकर लगायतका सेवा थप्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर श्रेष्ठले जानकारी दिए। अस्पताल स्थापनाको २४ बर्ष पुग्दा ४ वटा शल्यक्रिया गर्ने कक्ष स्थापना भइसकेको छ। अस्पतालमा दैनिक ५ सय बिरामी आउने मध्ये दैनीक ९ जनाको क्यान्सर पत्ता लाग्ने गरेको छ।

बर्षमा करीब ३ सय क्यान्सरका बिरामी उपचारका लागि बिदेश जाने गरेको तथ्यांक रहेको बताउदै नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले नेपालमै अब अत्याधुनिक र गुणस्तरीय क्यान्सरको उपचार हुने गरेको दाबी गरे।  

सरकारले क्यान्सरका बिरामीका लागि एक लाख दिने गर्दै आएपनि यो रकम उपचारका लागि एकदमै न्युन भएको भन्दै यसलाई बढाएर ५ लाख पुरयाउनुपर्ने संस्थाका अध्यक्ष श्रेष्ठले बताए। पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्प कमल दाहालले क्यान्सरबाट आफना आमा र छोरी गुमाएको बताउदै अब बिपन्न नागरीकका लागि सरकारले दिदै आएको रकममा बढाउन  प्रयास गर्ने बताए।

सरकारले क्यान्सर लगायतका दिर्घरोगिलाई उपचारका क्रममा औषधी खर्च स्वरुप मासिक १० हजार दिने निर्णय पनि कार्यान्वयनमा नआएकोमा दुखेसो पोखे पुर्व अध्यक्ष कर्ण शाक्यले। बिश्वको क्यान्सर तथ्यांक हेर्ने हो भने समयमा रोग पहिचान भएमा एक तिहाई क्यान्सर निको हुन्छ। यही मान्यता अनुसार यो रोगबाट पार लगाउन सकरात्मक सोच आबश्यक रहेको बताउदै शाक्यले टोल टोलमा  सकरात्मक सोचको प्रशिक्षण दिनुपर्ने र यसका लागि स्थानीय निकायले सहयोग गर्नुपर्ने धारणा राखे।

४७ वटा जिल्लामा संस्थाले जनचेतनामुलक कार्यक्रम गर्न र रोग पहिचानका लागि बिभिन्न शिबिर गर्न शाखा बिस्तार गरेको छ।

नयाँ