arrow

राप्तीबाट २ दर्जन बढीको उम्मेद्धारी दर्ता, को को छन् राप्तीका आकांक्षी

logo
शरद रेग्मी,
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
SSSSS.jpg.jpeg
काठमाडौ। हिजो देखि काठमाडौमा सुरु भएको नेपाली कांगे्रसको १३ औ महाधिवेशन अन्र्तगत आजदेखि  बन्द सत्रमा निती तथा कार्यक्रम तय हुदैछ।  शुक्रवार १२ बजेसम्म उम्मेद्धारी दर्ता सकिए लगत्तै भृकुटिमण्डपको प्रर्दशनी हलमा बन्द सत्र सुरु भएको छ। केन्द्रिय सदस्य पदका लागि राप्तीबाट झण्डै २ दर्जन बढिको उम्मेद्धारी दर्ता भएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री खुमबहादु्र खड्काले केन्द्रिय सदस्यमा उम्मेद्धारी दर्ता गर्नु भएको काठमाडौबाट पत्रकार शरद रेग्मीले जानकारी दिनुभएको छ। त्यस्तै युवा नेता तथा सांसद दिपक गिरी, राजु खनाल, पार्वती डिसी,अनिता देवकोटा  ले केन्द्रिय सदस्यका लागि उम्मेद्धारी दर्ता गराउनुभएको छ। त्यस्तै नेपाली कांग्रेस दाङका निर्वतमान जिल्ला सभापती घनश्याम रेग्मी, केशव आचार्य, भरत न्यौपाने , अनुराग यादव ले केन्द्रिय सदस्यका लागि उम्मेद्धारी दर्ता गराउनुभएको छ। त्यस्तै सल्यान बाट धु्रवराज पुरी , नेपाल उद्योग वाणिज्य महासघंका पूर्व केन्द्रिय सदस्य एवं प्रतिष्ठीत व्यापारी दिपेन्द्र कुमार खत्री र युवा नेता क्रृषिकेश जगं शाहले केन्द्रिय सदस्यमा उम्मेद्धारी दिनुभएको छ। त्यसैगरी रुकुमबाट मानबहादुर नेपाली , गोपाल जि जगं शाह र केशरमान रोकाले केन्द्रिय सदस्यमा उम्मेद्धारी दिनुभएको छ।
 
त्यस्तै प्यूठानबाट डा. गोविन्द पोखरेल , दिवाकार गौतम र केशरमान रोकाले केन्द्रिय सदस्यमा उम्मेद्धारी दर्ता गर्नुभएको छ। त्यस्तै रोल्पाबाट मनोज मणि आचार्य ले केन्द्रिय सदस्यमा उम्मेद्धारी दर्ता गर्नुभएको छ।  फागुण २३ गते विहान ८ बजेदखि सभागृहमा मतदान हुने भएको छ। महाधिवेशनमा झण्डै ३ हजार २ सय राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिनिधिहरु सहभागी भएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ