arrow

१४ वर्षदेखि कोमामा रहेकी महिलाले कसरी जन्माइन् बच्चा ? 

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
coma.jpg

काठमाडौं । १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले बच्चा जन्माएको खुलासा भएको छ । अमेरिकाको एरिजोनास्थित हेसिन्डा हेल्थ केयरमा करीव ४० वर्षदेखि कोमाको उपचार गराइरहेकी महिलाले बच्चा जन्माएकी हुन् । बच्चाको अवस्था स्वस्थ्य रहेको समेत जनाइएको छ । 

महिलामाथि यौन उत्पीडनको आशंकामा अनुसन्धान सुरु भएको जनाइएको छ । यो अस्पतालमा यसअघि पनि एक स्टाफले गरेको अभद्र मामला बाहिर सार्वजनिक भएको थियो । 

१४ वर्षअघि पानीमा डुबेर उनको मस्तिष्कमा हानी पुगेको थियो । ती महिलालाई २४ घण्टे हेरचाहमा राखिएको छ । 

यसरी हेल्थ केयर सेन्टरमा यौन उत्पिडन भएको आशंका बढेपछि पुरुष स्टाफसंग महिला स्टाफ पनि रहने छिन् । सेन्टरका प्रवक्ताले यो मामलामा भइरहेको अनुसन्धानमा स्टाफहरुले सघाइरहेको बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ