arrow

के सलमानले विवाह गर्न ७२ वर्षसम्म नै कुर्लान् त ?

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
salman-khan.jpg

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको विवाहको विषयमा धेरैजसो स्थानमा प्रश्न गरिने गरिन्छ । भारतीय कमेडियन कपिल शर्माको सो ‘द कपिल शर्मा शो’मा पुगेका उनलाई पनि यस विषयमा प्रश्नको वर्षा भएको छ ।

विवाहबारे प्रश्न गर्दै कपिलले सलमानलाई दीपीका पादुकोण र प्रियंका चोपडाको उदाहरण गर्दै विवाह गर्दै  उनको राय मागेका थिए । यस विषयमा उनले जवाफ दिँदै भारत फिल्ममा आफ्नो विवाह ७२ वर्ष हुँदासम्म नहुने र आफू पनि त्यसैलाई पछ्याउँदै अघि बढिरहेको जवाफ दिएका थिए ।

कपिलको शो मा सलमानको अन्य व्यक्तिगत विषयहरुमा पनि प्रश्न उठेका थिए । यसमा पनि सलमानले ठट्यौली शैलीमा उत्तर दिएका थिए । भारतीय कमेडी शो ‘द कपिल शर्मा शो’ गत साताबाट पुनः शुरु भएको छ । यो साता उनको शोमा सलमान खान आउनेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ