arrow

प्रतिनिधि सभा संसद्को बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै 

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
kp_oli_samsad.JPG

काठमाडौं । प्रतिनिधि सभाको आईतबारको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा उठेका सवालहरुको जवाफ दिईरहेका छन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सरकारको सफलता र असफलतालाईँ जाँच्ने आधार भनेको नै सूचकहरु नै हो भन्दै प्रधानमन्त्री ओलीले सरकारको १० महिनामा आफूहरु सो कामहरुको समीक्षा गर्ने बेला भएको बताएका छन् । आफूहरुले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना देखेर आफूहरुले गल्ती नगरेको भन्दै उनले सरकारको स्वार्थ राज्यलाई समृद्ध बनाउनु नै आफ्नो मूल एजेन्डा रहेको छ । 

आफ्नो अरु स्वार्थ नरहेको भन्दै उनले काम गर्न खोजे पनि किन गरेको भन्छन् । काम नगरे किन नगरेको भन्छन् । अब आफूहरुले पनि विकास नगरे कसले गर्ने भन्दै अहिले मुलुकमा राजतन्त्र प्रतिस्थापन भएर सरकार गणतन्त्र आईसकेकोले अब विकासमा बाहाना देखाउन नहुने तर्क गरे । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ