arrow

१३औं महाधिवेशन : कांग्रेसको खातामा ३ सय ७५ नेताको २१ लाख ७२ हजार

सात प्रदेशबाट आउने १४ जनामा १०२ जनाको मनोनयन

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
sitaula-manaonayen.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि मनोनयन दर्ता गर्नेबाट कांग्रेसको खातामा २१ लाख ७२ हजार ५ सय जम्मा भएको छ । ६४ पदका लागि मनोनयन दर्ता गराएका ३ सय ७५ जनाबाट यो रकम जम्मा भएको हो । मनोनयन दर्ता गर्नेहरुले बैंकमार्फत रकम जम्मा गरेका छन् ।
 
मनोनयन दर्ताका लागि सभापतिको हकमा २० हजार, महामन्त्री र कोषाध्यक्षको १५ हजार र सदस्यमा पाँच हजार पाँच सय तोकिएको निर्वाचन समितिका सदस्य खम्ब बहादुर खातीले जानकारी दिए । उम्मेद्वारी परेका सभापतिमा तीन जनाको मनोनयन दर्ता भएको छ । जसको रकम ६० हजार, महामन्त्री तीन उम्मेद्वारको ४५ हजार र कोषाध्यक्ष ४ जनाको ६० हजार जम्मा भएको छ । सदस्यको मनोनयन दर्ता गरेका तीन सय ६५ जनाको कुल २० लाख ७ हजार ५ सय जम्मा भएको छ । 
 
सात प्रदेशबाट आउने १४ जनामा १०२ जनाको मनोनयन
संघीयताको खाका अनुसार एक प्रदेशबाट दुई जना सदस्य आउने व्यवस्थामा सात प्रदेशका १४ जनामा १०२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । नामावली संशोधन दावी विरोध साँझ ५ बजेसम्म तोकिएको छ । 
 
मनोनयन दर्ता गराउनेमा सभापति र महामन्त्रीमा ३–३ जना छन् । कोषाध्यक्षमा तीन समूहबाट एक–एक जना छन् भने, कृष्ण कार्कीले समेत मनोनयन दर्ता गराएपछी कोषाध्यक्षमा ४ जना दावेदार भएका छन् । ६ सिट समावेशी महिलाका लागि ४० जना, खुलातर्फ २५ सिटका लागि ९४ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा कांग्रेस नेतृ सुजाता कोइराला र महालक्ष्मी उपाध्याय (डिना) समेत छन् ।
 
जनतातिको पुरुष ३ सिटका लागि ५० जना, जनजाती महिला २ सिटका लागि  १४ जनाले मनोनयन दर्ता गराएका छन् । दलिततर्फ पुरूष ३ सिटका लागि २१,  र दलित महिला २ सिटका लागि ६ जनाले मनोनयन दर्ता गरेका छन् ।
 
यसैबीच, मधेसीतर्फ पुरुष ३ सिटका लागि १८ र महिला २ सिटका लागि १० जनाले मनोनयन दर्ता गराए । मुस्लिमतर्फ एक सिटका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । संघीयताको खाका अनुसार एक प्रदेशबाट दुई जना सदस्य आउने व्यवस्थामा सात प्रदेशका १४ जनामा १०२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । नामावली संशोधन दावी विरोध साँझ ५ बजेसम्म तोकिएको छ । 
 
मनोनयनको अन्तिम नामावली साँझ ७ बजे प्रकाशन हुने निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । मनोनयन फिर्ता लिने समय  शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म तोकिएको अधिकारीले बताए । निर्वाचन कार्यक्रम अनुसार अन्तिम नामावली पुनः प्रकाशन भएपछि आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने छ ।
 
मतदान सकिएलगत्तै सभापतिको मत गणना सुरू हुनेछ भने, पहिलो चरणमै कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याए मात्रै अन्यको मत गणना हुने बताइएको छ । यद्यपि, तीन जना उम्मेद्वार मध्ये पहिलो चरणमा ५१ प्रतिशत नल्याए २४ गते बिहान पार्टी कार्यालयमा दोस्रो चरणको मतदान हुने बताइएको छ । जसमा पहिलो र दोस्रो हुने उम्मेद्वारबीच प्रतिस्पर्धा हुनेछ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ