arrow

प्रधानमन्त्री भन्छन् : सांसदलाई ठग र लुच्चा भन्नु लोकतन्त्रमाथिको प्रहार

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
kp_oli_samsad3.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्हरुलाई ठग र लुच्चा भन्नु लोकतन्त्रमाथिकै प्रहार रहेको प्रतिक्रिया दिएका छन् । आईतबार संसदमा सार्वजनिक महत्वको विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले तेल प्रकरण र घर भाडा प्रकरणमा आएका समाचारहरुप्रति गुनासो गरेका हुन् । 

संसदलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले तेल खायो, घरभाडा खायो भन्दै टिप्पणी गर्नु लोकतन्त्र माथिकै हमला भएको भन्दै पछिल्लो समय लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुमाथि निरन्तर आक्रमण भईरहेको बताएका छन् । 

उनले राष्ट्रपति संवैधानिक रुपमा केही पनि नबोल्ने र केही पनि त्यस्ता कार्यकारी निर्णय नगर्ने संस्था रहेको भन्दै यसमाथिको प्रहारको औचित्य गणतन्त्रमाथि कमजोर बनाउनु रहेको प्रतिक्रिया दिए । प्रहरी प्रतिष्ठान सार्न भन्ने प्रस्ताव त्यो प्रतिष्ठान खोल्नेसमयदेखि नै सुरु भएको भन्दै अहिले राष्ट्रपतिको संस्थामाथि आक्रमण गरिनु आश्चर्यजनक रहेको उनले स्पष्ट पारे । 

राष्ट्रपतिको संस्थाको गरिमाका कारण केही सुविधाहरु दिनैपर्ने भन्दै उनले त्यस्ता सुविधालाई विलासितासँग जोडेर गणतन्त्रमाथि नै खतरा उत्पन्न हुनेगरी अनर्गल प्रचार गरिनु दुखद् रहेको बताएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ