जिरी विमानस्थलन पुनः सञ्चालनमा ल्याइने
प्रकाशित मिति : २०७२ फाल्गुण २१ शुक्रबार

जिरी। दोलखाको पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल तीस वर्षपछि पुनःसञ्चालनमा ल्याइने भएको छ । विसं २०४२ देखि बन्द रहेको सो विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्म र दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले निरीक्षण गरेका छन् ।
“विमानस्थल पुनः सञ्चालनमा ल्याउन तयारी भइरहेको छ” नेपाल उड्डयन प्राधिकरणका निर्देशक योक्षिमयोले बताए । विमानस्थल निर्माणको लागि आर्थिक अभाव रहेको योक्षिमयोको भनाइ छ । विमानस्थल निर्माणको काम पहिलो प्राथमिकतामा राखेर काम गर्ने योक्षिमयोले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उड्डयन प्राधिकरणका वरिष्ठ अधिवक्ता शर्माले विमानस्थल पुनः सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना लाग्ने बताए । सभासद् गुरुङले जिरीको पर्यटकीय पृष्ठभूमिलाई केलाउँदै विमानस्थल पुनः सञ्चालनमा जति सक्दो चाँडो काम गर्न प्राधिकरणका पदाधिकारीलाई आग्रह गरे ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">