arrow

महाभारतमा को-को जन्मिएका थिए 'टेस्ट ट्युब' प्रविधिबाट ?

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
mahabharat1.jpg

काठमाडौं । कहिलेकाँही मानिसलाई धेरै यस्ता कुराहरु सुन्न सकिन्छ, जसले मानिसलाई अचम्मित बनाउँछ । यस्तैमा एक प्रोफेसरले 'टेस्ट ट्युब' बेबीको शुरुवात महाभारत कालबाट नै सुरु भएको बताएका छन् ।

भारतको आन्ध्र प्रदेश विशवविद्यालयका कुलपति नागेश्वर रावले भारतीय विज्ञान कांग्रेसमा सम्बोधन गर्दै कौरवको जन्म ‘टेस्ट ट्युब’ प्रणालीको माध्यमबाट भएको बताएका हुन् ।

नागेश्वरका अनुसार कौरवहरु 'स्टेम सेल रिसर्च' र 'टेस्ट ट्युब' प्रविधिको माध्यमबाट जन्मिएका हुन् । महाभारत र रामायण पौराणिक कथा नभई इतिहास भएको दाबी गरे । उनले यो समयका मानिसहरु विज्ञानको अभ्यास गर्ने गरेको पनि उल्लेख गरे । उनले भारतवर्षमा यो ज्ञान हजारौं वर्षअगाडि नै हासिल भइसकेको बताए ।

रामले अस्त्रशस्त्रको प्रयोग गरेपछि लक्ष्यको पिछा गर्दै उसलाई भेदन गरेपछि फेरि फिर्ता आउँछ । यसबाट विज्ञान तथा प्रविधिमा भारतवर्ष कति अगाडि रहेको छ भन्ने कुरा देखाउने उनको भनाइ छ । रामायणमा रावणको पुष्पक विमानमात्र नभई विभिन्न क्षमता र आकारका २४ किसिमका विमानहरु थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ