arrow

न्यूयोर्कमा वृहत रक्तदान सम्पन्न

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
blood-donatation.jpg

अमेरिका। राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको प्रवासमा रहेको संस्था  जनसम्पर्क समिति अमेरिका लंग आईलेण्ड च्याप्टर  न्यूयोर्कले हिक्सभिलमा आयोजित वृहद रक्तदान कार्यक्रममा ८६ जना रक्तदाताले रक्तदान गरेका छन्।

च्याप्टर सभापति विश्वराज वास्तोलाका अनुसार रक्तदान कार्यक्रममा न्यूयोर्क राज्यका एसेम्ब्लीम्यान माइकल मोन्टेसानो, जनसम्पर्क समिति अमेरिका तथा एनआरएन अमेरिकाका नेताहरू, न्यूयोर्कस्थित  विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि एवं पदाधिकारीहर, व्लड डोनर अर्जुन प्रसाद मैनाली लगाएत विविध सामाजिक व्यक्तित्व तथा स्थानिय नेपाली समुदायको उपस्थिति रहेको थियो।

नेपाली काॅग्रेस का संस्थापक नेता जननायक विपी कोईराला विक्रम सम्वत २०३३ पौष १६ गते लामो समयको भारत प्रवास पछि राष्ट्रियता खतरामा परेको महसूस गरी स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले मेल-मिलाप दिवसको रूपमा मनाउॅदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ