arrow

कांग्रेसको नीति तथा कार्यक्रम शनिबार पारित हुने, बन्दसत्र लम्बियो

प्रतिवेदनमा अन्य राजनीतिक दल जस्तो समूहगत छलफल नहुने

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
congress-new-FNL-pc.jpg.jpeg
काठमाडौं । कांग्रेसको आगामी नीति तथा कार्यक्रम शनिबार मात्रै पारित हुने भएको छ । काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको बन्दसत्र शनिबार मात्रै सकिने प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले जानकारी दिए । सामाजिक नीति र कार्यक्रम तथा संकगन सुदृढीकरणबारे बन्दसत्रमा घनिभूत छलफल भएको जानकारी दिँदै रिजालले शनिबार नीति तथा कार्यक्रम पारित हुने र आइतबार निर्वाचनको कार्यक्रम हुने बताए ।
 
नीति तथा कार्यक्रम पारित भएपछि मात्रै सम्पूर्ण जानकारी दिन मिल्ने बताउँदै रिजालले पत्रकारहरुका लागि सूचना विभागको पास भए मिडिया सेन्टर सम्म आउनका लागि कुनै अफ्ठ्यारो नरहेको प्रस्ट्याए । सूचना विभागको पास भएका हरुलाई मिडिया सेन्टरले छुट्टै पास उपलब्ध गराउने छ । 
बन्दसत्रमा महामन्त्री प्रकाशमान सिंहले राजनीतिक प्रतिवेदन पेश गरे । यस्तै, कार्यवाहक सभापति रामचन्द्र पौडेलले तयार पारेको नीति तथा कार्यक्रम केन्द्रीय सदस्य महेश आचार्यले प्रस्तुत गरेको रिजालले जानकारी दिए ।  रिजालले महामन्त्रीको प्रतिवेदनमा अन्य राजनीतिक दल जस्तो समूहगत छलफल नहुने प्रस्ट्याए ।
 
उनले भने, ‘हाम्रो पार्टीमा प्रतिवेदनबारे समूहमा छलफल गर्ने चलन छैन, शीर्ष नेताहरुले मन्तव्य राखेरै संशोधन राख्ने चलन छ ।’ रिजालले सानो समिति बनाएर दस्तावेज परिमार्जन गर्ने जानकारी दिएका छन् । बन्दसत्रमा देशभर र विदेशस्थित जनसम्पर्क समिति गरी ३ हजार १ सय ७५ प्रतिनिधि सहभागि छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ