arrow

प्रज्ञा प्रतिष्ठानहरुको गठन एकलौटी ढङ्गले भएको भन्दै सरकारको आलोचना 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
pragya-pratisthan.jpg

काठमाडौं । नेपाल सांस्कृतिक सङ्घ र नेपाली लेखक सङ्घले प्रज्ञा प्रतिष्ठानहरुको गठन एकलौटी ढङ्गले भएको भन्दै सरकारको आलोचना गरेका छन् । 

लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ र सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ ‘प्रज्ञा प्रतिष्ठानहरु कला, संस्कृति, भाषा, साहित्यका क्षेत्रमा काम गर्ने राज्यका आधिकारिक निकाय हुन् । यस्ता निकायहरुको गठन गर्दा सबै किसिमको विविधतालाई समेटिनु पर्छ । सबै पक्ष र विचारलाई समेटेर प्रज्ञा प्रतिष्ठानहरुको गठन गर्ने परम्परा यस पटक तोडिएको कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

तीनवटै प्रतिष्ठानहरुको गठनमा लोकतन्त्रवादी स्रष्टाहरुलाई पूर्ण रूपमा निषेध गरिएको र वैचारिक समावेशिताको कायम नगरिएको कुराप्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ । 

सरकारको यसप्रकारको अपरिपक्व निर्णयले निम्त्याउने दूरगामी असरप्रति चिन्ता पनि व्यक्त गरिएको छ । नेपाल सांस्कृतिक सङ्घ र नेपाली लेखक सङ्घ नेपाली काङ्ग्रेस निकट संस्थाहरु हुन् । 

सरकारले हालै नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रिया टुङ्ग्याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ