arrow

ट्वन्टी ट्वन्टी क्रिकेट : आर्मी र प्रहरी फाइनलमा

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
Cricket.jpg.jpeg
काठमाडौँ । प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको अन्तिम चरणमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी क्लब प्रवेश गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ८ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो । अर्को खेलमा नेपाल प्रहरी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई ५ विकेटले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होराइजनले २० ओभरमा सबै विकेट गुमाउँदै ८४ रन जोड्यो । जवाफमा आर्मीले खेलको १५ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै होराइजनले दिएको ८५ रनको लक्ष्यलाई पूरा गर्‍यो । 
 
आर्मीका सागर पुनले २६ रन जोडे भने नरेश बुढा ऐरले २०, विनोद भण्डारीले १८ तथा अनिल मण्डलले ११ रनको योगदान दिए । त्यसअघि पहिले ब्याटिङ गरेको होराइजनका ब्याट्सम्यान निर्मल थापाले २०, सन्दीप सुनुवारले १८ तथा नुरदोज सेनले १५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । 
 
होराइजनलाई कमैमा समेट्ने क्रममा आर्मीका पुन एक्लैले ४ विकेट लिए । त्यसैगरी चन्द्र साउदले ३ तथा सोमपाल कामी र विक्रम सोबले समान एक÷एक विकेट लिए । त्यस्तै टस जितेर पहिले फिल्डिङ रोजेको प्रहरीले भने एपिएफले दिएको १२३ रनको लक्ष्यलाई १८ दशमवल ५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । 
 
त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रनको योगफल तयार गरेको थियो । शनिबार दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ क्रिकेट सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ