arrow

मुस्ताङ्गमा हाते ट्याक्टरको माग बढ्दो

logo
निर्मल खत्री,
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
kisan-tyaktarle-photo].jpg.jpeg
मुस्ताङ्ग। हिमालपारीको जिल्ला मुस्ताङ्गमा हाते ट्याक्टरको माग बढ्न थालेको छ। मुस्ताङ्गका अधिकांस जनताले कृषि पेशा बाटै आयआर्जन गर्ने भएकाले समय अनुसार मुस्ताङ्गका कृषक पनि आधुनिकता तिर लागेका छन। मुख्य बालीका रुपमा स्याउ खेती गर्ने कृषकहरु हाते ट्याक्टरको प्रयोगले निकै हर्षित भएको पाईन्छ।
 
गत वर्ष सात जन कृषकले हाते ट्याक्टरको प्रयोग गरेको मुस्ताङ्ग जिल्लामा यस वर्ष ४१ जना कृषकले ट्याक्टरको माग गरेको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङ्गका बाली संरक्षण अधिकृत सुर्य बहादुर बोगटीले जानकारी दिएका छन।
 
मुस्ताङ्गको स्याउको माग देश भरीनै बढ्दै जादाँ कृषकहरु पनि स्याउ खेती तर्फ लागि परेका छन। वर्षेनिक करिव एक लाख ५० हजार  स्याउको बिरुवाको माग हुदै आएको बोगटी बताउछन्।
 
गोरु, झोपाले खेत जोत्दा स्याउका बिरुवाहरु भाच्ने समयपनि बढी खर्चहुने चोट पटक लाग्न सक्ने सम्भावना रहेको समयमा आधुनिक हाते ट्याक्टरको प्रयोगले स्याउका बिरुवाहरुलाई कुनै असर नगर्ने सिमित जनशक्ति समयको बचत हुने भएकोले कृषकहरुलाई खेत जोत्न ट्याक्टर तिर आकर्षित भएको उनको भनाई छ।
 
हाल सम्म कृषकलाई जिल्ला कृषि बिकास कार्यालयबाट रु २५ हजार अनुदानका सहित ट्याक्टर बितरण गरिएको छ।
 
आर्थिक वर्ष २०७३/०७४ बाट ५० प्रतिशतसम्म अनुदानमा बितरण गरिने बरिष्ठ कृषि बिकास अधिकृत साबित्री बरालले बताउनु भएको छ। एक हल झोपालार्ई एक लाख ५० हजार सम्म तिर्नुपर्ने मुस्ताङ्गमा ५० देखि ७५ हजार सम्ममा हाते ट्याक्टर उपलब्ध हुँदा सबै कृषक खुशी भएको ठिनी गाउँका मुखिया आसबहादुर बताउछन।
 
अधिकांस खेतहरुमा गोरेटो बाटो भएको तर ट्याक्टर लैजानको लागि करिव तीन जाना लाग्ने  भएकोले सबैले लागेर खेतबारी सम्म पुग्ने बाटो निर्माणमा सबै लागेको उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ